Madhes Khabar
मधेस प्रदेश

रौतहटमा ट्रान्सफर्मर चोरी गरेको आरोपमा ४ जना पक्राउ

काठमाडौं,१८ असार : विद्युतीय ट्रान्सफर्मर र तार चोरी गरेको आरोपमा प्रहरीले रौतहटबाट ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटका ४२ वर्षीय अशोक साह, ४६ वर्षीय रामलाल महतो, ३६ वर्षका विरेन्द्र राय र ३७ वर्षका सुखल महतो रहेको रौतहटका प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवले जानकारी दिए ।

उनीहरुले रौतहट जिल्लाका विभिन्न स्थानका खुल्ला तथा एकान्त ठाउँमा जडान रहेका ट्रान्सफर्मरहरु आर्थिक लाभ लिने उद्देश्यले चोरी गरेको प्रहरीको आरोप छ ।साभार : अनलाइनखबर

 

 

Related posts

मन्त्री कलवार बधाइ तथा सम्मान थाप्नमा व्यस्त

MadhesKhabar

मधेसमा पहिलो पटक युवा महोत्सव आयोजना हुदै

MadhesKhabar

मधेस सरकारले १ हजार ८१ सहिद परिवारकाे स्वास्थ्य बिमा गर्ने

MadhesKhabar

Leave a Comment