
मधेसखबर
वीरगन्ज,१३ असार : मधेस प्रदेश सरकारले पहिलो पटक युवा महोत्सव आयोजना गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारको महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालयले यही असार १५ र १६ गते जनकपुरधाममा युवा महोत्सव आयोजना गर्ने निर्णय गरेको मन्त्री वीरेन्द्र प्रसाद सिंहले जानकारी दिए ।उनका अनुसार ‘समुन्नत मधेस प्रदेशका लागि साझा अठोट’ नाराका साथ पहिलो मधेस प्रदेश युवा महोत्सव २०७९ आयोजना गर्न लागिएको हो।
महोत्सवमा मधेस मन्थन, मधेस जागरण, मधेस हदिया, सांस्कृतिक साँझ, मधेस मान तथा घोषणापत्र सार्वजनिक हुने बताइएको छ। प्रदेश महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री सिंहले सम्पूर्ण युवा तथा सरोकारवालाहरुलाई सहभागिताको लागि आपिल गरेका छन्।युवामैत्री प्रदेश बनाउन सरकार प्रतिबद्ध रहेको र यसमा सरोकारवालाको हातेमालो आवश्यक रहेकोमा मन्त्री सिंहले जोड दिएका छन्।

