Madhes Khabar
मधेस प्रदेश

टाटा सुमाेले ठक्कर दिँदा दुई जनाकाे मृत्युु

सांकेतिक तस्बिर ।

महाेत्तरी,२१फाल्गुन:महोत्तरीको मटिहानी जनकपुर सडक खण्डमा भारतीय टाटा सुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा महोत्तरीकाे पिपरा गाउँपालिका– ५ का ६० वर्षीय अकवर राइन र धनुषाकाे क्षिरेश्वरनाथ नगरपालिका– १ का ६० वर्षीय राजकिशोर यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।

जनकपुरतिरबाट मटिहानीतिर गइरहेको बीआर ०६ पीडी ३३३० नम्बरको टाटासुमोले आइतबार राति पिपरा– १ स्थित सडक खण्डमा पिपराबाट मटिहानतिर जाँदै गरेको मधेस प्रदेश ०१ त ३००९ नम्बरको ट्याक्टरलाई ठक्कर दिएको थियो। ठक्करबाट ट्याक्टरमा पछाडि बसेका राइनको मृत्यु भएको थियो भने सोही टाटा सुमोले विपरीत दिशाबाट साइकलमा आउँदै गरेका यादवलाई ठक्कर दिएको थियो।

टाटा सुमोको ठक्करबाट ट्याक्टरमा सवार पिपरा– ५ का ६० वर्षीय झप्सी कबाडी गम्भीर घाइते भएका छन्। उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। प्रहरीका अनुसार टाटा सुमाेका चालक फरार रहेका छन्।रासस

Related posts

 पोखरीमा डुबेर सप्तरीमा एक बालक सहित दुई जनाको मृत्यु

MadhesKhabar

पोखरीमा भेटियो युवकको शव

MadhesKhabar

कश्मीरमा बन्धक बनाइएका मधेसका ३५ मजदुरको उद्धार

MadhesKhabar

Leave a Comment