Madhes Khabar
मधेस प्रदेश

`माेहम्मद डे ´ मा भाेलि सार्वजनिक बिदा दिने मधेस सरकारकाे निर्णय

वीरगन्ज,१०असाेज: मुस्लिम धर्मावलम्बीकाे पर्ब ` पैगम्बर माेहम्मदकाे जन्मदिन (माेहम्मद डे)´ का दिन भाेलि बिहीबार मधेस प्रदेशमा सार्वजनिक बिदा दिइएको छ ।

मधेस प्रदेशकाे मन्त्री परिषदकाे आज बुधबार बसेकाे बैठकले भाेलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे ।

मधेस प्रदेशका निमित्त सचिव उत्तम प्रसाद खरेलले आज जारी गरेकाे सुचनामा ` पैगम्बर माेहम्मदकाे जन्मदिन असाेज ११ गते बिहीबार परेकाले उक्त दिन मधेस प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय मन्त्रीपरिषद बैठकबाट गरिएकोले सबैमा जानकारी गराइएकाे छ।´ उल्लेख छ ।

Related posts

मधेसको विकासमा निरन्तर लाग्नेछु : प्रधानमन्त्री प्रचण्ड

MadhesKhabar

मधेस सरकारमा कांग्रेसका ४ मन्त्री नियुक्त, पर्साका क्षेत्री बने भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री

MadhesKhabar

निजगढ विमानस्थल कुनै पनि बहानामा अन्त सार्न पाइदैन : मुख्यमन्त्री राउत

MadhesKhabar

Leave a Comment