Madhes Khabar
मधेस प्रदेश

काँग्रेस शीर्ष नेतृत्वलाइ जनकपुरको गतिलो झापड – मेयरमा काँग्रेसका बागी उम्मेदवार मनोज विजयी

मधेसखबर
वीरगन्ज,०९जेठ
: मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका बागी उम्मेदवार विजयी भएका छन् ।
काँग्रेसले गठबन्धन गरेर मेयर पद जसपालाइ दिएपछि मेयरमा बागी उम्मेदवारी दिएका मनोज कुमार साह विजयी भएका हुन् । सोमबार साँझ मतगणना अनुसार , १३ हजार ४ सय ६५ मत प्राप्त गर्दै साह मेयरमा निर्वाचित भएका हुन् । उनका निकटत्तम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार शिवशंकर साह (हिरा) ले भने ९ हजार ५ सय ३२ मत ल्याएका छन् ।
लोसपाका उम्मेदवार मनोज कुमार चौधरीले ५ हजार ३ सय ६० ल्याउदा गठबन्धनबाट जसपाका उम्मेदवार एंव निवर्तमान मेयर लालकिशोर साह भने ५ हजार १ सय ९४ मतका साथ चौथो स्थानमा सिमित हुन पुगेका छन् । मेयरमै अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले ४ हजार २ सय ९० मत पाएका छन् ।
जनकपुरधाम उपमहानगरको उपमेयरमा भने सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार किशोरी साह १५ हजार ५ सय २५ मतका साथ विजयी भएका छन् । साहका निकटत्तम प्रतिद्वन्दी नेकपा एमालेकी उम्मेदवार रुणा देवी झाले १० हजार ८ सय ८५ र निवर्तमान उपमेयर एंव् लोसपाकी उम्मेदवार रिता मिश्रले ५ हजार ८ सय १७ मत ल्याएकी छन् ।

Related posts

त्रिशुली दुर्घटनाका मृतकका परिवारलाई १/१ लाख राहत दिने मधेसका मुख्यमन्त्री सिंहको घोषणा

MadhesKhabar

चोरीशिकारमा संलग्न पूर्वडीआइजी शाहसहित १० जना सप्तरीमा पक्राउ

MadhesKhabar

वीरगन्जमा बलिदानी दिवस :मधेसी शहिदका शालिकमा फुल चढाएर श्रद्धाञ्जली अर्पण

MadhesKhabar

Leave a Comment