Madhes Khabar
मधेस प्रदेश

वीरगन्जमा ट्रेड युनियन कांग्रेसको मधेस प्रदेश अधिवेशन सम्पन्न : अध्यक्षमा यादव चयन

वीरगन्ज, १४ जेष्ठ : वीरगन्जमा सम्पन्न नेपाल ट्रेड युनियन कांग्रेसको मधेस प्रदेशको दोश्रो अधिवेशनले विजयकुमार यादवको अध्यक्षतामा ३२ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

वीरगन्जको राणीसती अतिथी सदनमा जेष्ठ १२ र १३ गते सम्पन्न अधिवेशनबाट यादवको अध्यक्षतामा सर्वसम्मत मधेस प्रदेश कार्यसमिति चयन गरिएको हो । जसअनुसार उपाध्यक्षमा मनोज कुमार यादव , भरत प्रसाद यादव , प्रदीप जयसवाल , बैद्यनाथ प्रसाद यादव , शिवबालक यादव र राधा हमाल चयन भएका छन् ।

यस्तै सचिवमा मोहन झा , सहसचिवमा अशोक कुमार साह , प्रतिमा गिरी , सुशिल कुमार यादव , लक्ष्मीनारायण ठाकुर र पूजा कुमारी सिंह तथा कोषाध्यक्षमा राजमणी बराल र सहकोषाध्यक्षमा रिंकु साहपनि सर्वसम्मच चयन भएका छन् ।ट्रेड युनियन कांग्रेसको मधेस प्रदेशको युवा समितिको संयोजकमा राजु यादवपनि सर्वसम्मत चयन भएको नवनिर्वाचित उपाध्यक्ष प्रदीप जयसवालले जानकारी गराए ।

 

Related posts

मधेस प्रदेशमा समानुपातिक तर्फ काँग्रेस पहिलाे स्थानमा

MadhesKhabar

 पोखरीमा डुबेर सप्तरीमा एक बालक सहित दुई जनाको मृत्यु

MadhesKhabar

सर्लाहीमा बाँस लाेड गरिएको ट्याक्टर पल्टिँदा दुई जनाकाे मृत्यु

MadhesKhabar

Leave a Comment