Madhes Khabar
मधेस प्रदेश

सर्लाहीमा बाँस लाेड गरिएको ट्याक्टर पल्टिँदा दुई जनाकाे मृत्यु

सांकेतिक तस्बिर ।

सर्लाही,२२कार्तिक:सर्लाहीको गोडैता – ८ सिसौटियामा ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।दुर्घटनामा दुई जना घाइतेपनि भएका छन् ।

म‌ंगलबार राति बाँस बोकेको ना ५ त ६१६२ नम्बरको ट्याक्टर सडक छेउमा अनियन्त्रित भएर पल्टिँदा ट्याक्टर चालक गोडैता नगरपालिका – ७ का ४० वर्षीय अखिलेश्वर पटेल र अर्का गोडैता नगरपालिका – ८ का २८ वर्षीय शंकर पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

त्यसैगरी बाँस लोड गरेर त्यही ट्याक्टरमा चढेका मजदुर गोडैता नगरपालिका – ८ का २० वर्षीय रुपेश महतो र रौतहट परोहा नगरपालिका – ८ का २४ वर्षीय जयप्रकाश पटेल घाइते भएका छन् । उनिहरुको प्रादेशिक अस्पताल मलंगवा र वीरगन्जमा उपचार भइरहेको छ।

Related posts

मधेस : घुस रकम सहित दुई प्रहरी पक्राउ

MadhesKhabar

उपेन्द्र यादवले जितेको सप्तरी २ बाट सिके राउत चुनाव लड्ने

MadhesKhabar

वीरगन्जमा बलिदानी दिवस :मधेसी शहिदका शालिकमा फुल चढाएर श्रद्धाञ्जली अर्पण

MadhesKhabar

Leave a Comment