Madhes Khabar
मधेस प्रदेश

सर्लाहीमा बाँस लाेड गरिएको ट्याक्टर पल्टिँदा दुई जनाकाे मृत्यु

सांकेतिक तस्बिर ।

सर्लाही,२२कार्तिक:सर्लाहीको गोडैता – ८ सिसौटियामा ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।दुर्घटनामा दुई जना घाइतेपनि भएका छन् ।

म‌ंगलबार राति बाँस बोकेको ना ५ त ६१६२ नम्बरको ट्याक्टर सडक छेउमा अनियन्त्रित भएर पल्टिँदा ट्याक्टर चालक गोडैता नगरपालिका – ७ का ४० वर्षीय अखिलेश्वर पटेल र अर्का गोडैता नगरपालिका – ८ का २८ वर्षीय शंकर पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

त्यसैगरी बाँस लोड गरेर त्यही ट्याक्टरमा चढेका मजदुर गोडैता नगरपालिका – ८ का २० वर्षीय रुपेश महतो र रौतहट परोहा नगरपालिका – ८ का २४ वर्षीय जयप्रकाश पटेल घाइते भएका छन् । उनिहरुको प्रादेशिक अस्पताल मलंगवा र वीरगन्जमा उपचार भइरहेको छ।

Related posts

कक्षा ९ की छात्रा खातुन एकदिनका लागि बनिन् मधेस प्रदेशकाे शिक्षामन्त्री

MadhesKhabar

पार्टी एकता गर्न लोसपालाइ जसपा अध्यक्ष यादवको आह्वान

MadhesKhabar

सर्वोच्चको अन्तरिम आदेश विपरीत मधेसका मुख्यमन्त्रीले निर्णय गरेको भन्दै विपक्षी दलहरुको विरोध

MadhesKhabar

Leave a Comment