
मधेसखबर
वीरगन्ज,२४जेठ :जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूलाई पार्टी एकताका लागि आह्वान गरेका छन् ।
पार्टीको बैठकमा सहभागी हुन मंगलवबार जनकपुरधाम पुगेका यादवले सन्चारकर्मीसंग कुरा गर्दै यस्तो आह्वान गरेका हुन् । उनले विगतको समिक्षा गरी लोसपासंग पुनः मिलेर काम गर्न सकिने उनले बताए । विगतको कदमलाई सच्याएर समिक्षा गर्दै पुनः मिल्न सकिने पनि उनले बताए ।
यादवले भने , ‘महन्थ ठाकुरजी जसपाबाट किन अलग हुनुभयो ? कुन लक्ष्य प्राप्तिका लागि पार्टी फोड्नुभयो ? कसको हितका लागि पार्टी फोड्नुभयो ? पार्टी फोड्दा उहाँहरूलाई केही उपलब्धी भेटिएन, मात्रै मधेशलाई नोक्सान भयो, जनतालाई नोक्सान भयो ,अब त्यसलाई समीक्षा गर्दै सच्याउँदै आउनुस्, सँगै मिलेर काम गरौं ।’
प्रधानमन्त्रीले दुई वटा मन्त्रालय दिएर लोसपालाई सरकारमा ल्याउन खोजेको चर्चा छ नि भन्ने प्रश्नमा उनले यसमा सत्यता नभएको बताएका छन् । कम्तिमा आगामी चुनावसम्म पाँचदलीय गठबन्धन कायम रहने समेत उनले बताए ।

