Madhes Khabar
मधेस प्रदेश

समाजवादी प्रेस संगठन मधेस प्रदेश अधिवेशन साउन २८ र २९ गते हुने

मधेसखबर

वीरगन्ज,१७ असार: नेकपा एस निकट   समाजबादी प्रेस संगठन नेपाल मधेस प्रदेस समितिको अधिवेशन साउन २८ र २९ गते हुने भएको छ।े

वीरगन्जमा शुक्रबार बसेको संगठनको बिस्तारित बैठकले मधेस प्रदेश अधिवेशन  साउन २८ र २९ गते  गर्ने निर्णय गरेको हो।  अधिबेशन अगावै साउन १५ गते भित्र  मधेसका आठ वटै जिल्लामा  जिल्ला अधिबेशन  समेत गर्ने निर्णय बैठकले गरेको प्रदेश सहइन्चार्ज राघव साहले जानकारी दिए ।

संगठनका प्रदेश संयोजक बृजलाल पासवानको अध्यक्षता र नेकपा ( एकीकृत समाजबादी ) का पोलिटब्युरो सदस्य एंव मधेस प्रदेश कमीका उपाध्यक्ष रामचन्द्र साहको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा  संगठन एंव सदस्यता बिस्तारको बिषयमा समेत विशेष छलफल भएको साहले बताए ।

बैठकमा संगठनका उपाध्यक्ष शीतल साह, केन्द्रिय प्रचार बिभागका सचिव प्रकाश खतिवडा ,  महासचिव भुपराज खडका , नेकपा एस पर्साका कार्यवाहक अध्यक्ष गंगा खडका,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, संगठनका सचिव एंव मधेस प्रदेशका इन्चार्ज सुभाष साह, सह  इन्चार्ज राघव साह लगाएतले मन्तव्य ब्यक्त गरेका थिए।  कार्यक्रमको संचालन केन्द्रीय सदस्य रमेश सुबेदीले गरेका थिए ।

Related posts

सिरोहियालाई नागरिकताको प्रतिलिपि दिने सिडिओसहितका कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी

MadhesKhabar

सामुदायिक सेवा केन्द्र मिनाबाजार द्वारा गहवा मन्दिर परिसर सरसफाई ।

MadhesKhabar

बारा ३ : एमालेकी ज्वाला साह निर्वाचित

MadhesKhabar

Leave a Comment