Madhes Khabar
मधेस प्रदेश

झालरबत्ती लगाउने क्रममा करेन्ट लागेर दुई जनाकाे मृत्यु

मधेसखबर
वीरगन्ज ,०८ कार्तिक : दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर जनकपुरमा सोमबार दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टी निवासी १९ वर्षीय अमित मिश्र र जनकपुरधाम उपमहानगरपालिका-९ निवासी १४ वर्षीय शिवराज यादव रहेको प्रहरीले जनाएको छ।

दुवै जना आफ्नै घरमा दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर घाइते थिए। गम्भीर घाइते मिश्र र यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषामा प्रबक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

Related posts

सप्तरीमा पैसाका लागि बीमा गरेर श्रीमानको हत्या

MadhesKhabar

महोत्तरी :जंगली जनावर रोक्न लगाइएको तारबाट करेन्ट लागेर एक बालिकाको मृत्यु, दुई घाइते

MadhesKhabar

मधेस सरकारले प्रधानमन्त्री प्रचण्डलाई दियो ३० दिने अल्टिमेटमसहित आन्दोलनको धम्की

MadhesKhabar

Leave a Comment