Madhes Khabar
मधेस प्रदेश

महोत्तरी :जंगली जनावर रोक्न लगाइएको तारबाट करेन्ट लागेर एक बालिकाको मृत्यु, दुई घाइते

जनकपुर,२कार्तिकःमहोत्तरीमा जंगली जनावरबाट बालीनाली जोगाउन लगाइएको विद्युतीय तारबाट करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । अन्य दुई बालिका घाइते भएका छन् ।

गौशाला नगरपालिका ३ पचानटोलका विनोद महतोले खेतमा लगाएको नांगो तारबाट करेन्ट लागेर स्थानीय १४ वर्षीया करिना महतोको मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरक्षिक सन्तुलाल जयसवारले जानकारी दिए । करिनाको घटनास्थलमै मृत्यु भएको उनले बताए ।

करिनालाई करेन्ट लागेपछि बचाउन गएका १८ वर्षीया राधाकुमारी महतो र १४ वर्षीया विभाकुमारी महतो घाइते भएको स्थानीयले बताएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

शुक्रबार बिहान साढे ७ बजेतिर उनीहरु काम गर्न खेततिर पुगेको बेला नांगो तारबाट करेन्ट लागेको थियो । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।साभार : अनलाइनखबर

Related posts

एमालेले बुथ कब्जा गरे पछि बाराको चार स्थानमा मतदान स्थगीत

MadhesKhabar

राैतहटमा सुटकेसभित्र महिलाकाे शव भेटियाे

MadhesKhabar

वीरगन्जमा गठबन्धनका उम्मेदवारलाइ जिताउन जसपा महिला नेतृहरु सकृय

MadhesKhabar

Leave a Comment