Madhes Khabar
मधेस प्रदेश

मुख्यमन्त्री यादवकाे विराेधमा फेसबुक स्टाटस लेख्ने डाक्टर पक्राउ

जनकपुरधाम,११मधेस: मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको विराेधमा समाजिक सन्जाल फेसबुकमा स्टाटस लेखेकाे आराेपमा एक डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले मुख्यमन्त्री कार्यालयको उजुरीको आधारमा आयूर्वेद चिकित्सक डाक्टर अरुण झालाई पक्राउ गरेको हो ।फेसबुकमा झाले मुख्यमन्त्रीलाई कालाेमाेसाे दल्ने चेतावनीसहितकाे स्टाटस लेखेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

विगत केही दिनदेखि सर्लाहीकाे मलंगवामा दुई समुदायबीच चल्दै आएकाे तनावका विषयलाई लिएर मुख्यमन्त्रीले गरेको भाषणलाई झाले कोड गरी फेसबुकमा लेखेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

झाले फेसबुकमा–मलंगवामा भएको घटनाका दोषीलाई कारवाही/गोली हान्नुस मुख्यमन्त्री सरोज यादव ज्यू, नत्र हामी छिट्टै तपाईलाई कालोमोसो दल्छौँ ।” लेखेपछि उनलाई पक्राउ गरिएको हो ।

 

जिल्ला प्रहरी कार्यालय धनुषाले झालाई सोधपुछको लागि बुधबार नियन्त्रणमा लिएको बताएको छ ।

Related posts

मधेसका छोरीलाई बाड्न लालबाबु सरकारले किनेको ५ हजार साइकल कबाड बन्दै

MadhesKhabar

मुर्ति सेलाउने क्रममा दुई समुदायबिच झडप भएपछि मलंगवामा अनिश्चितकालीन कर्फ्यु

MadhesKhabar

लालबाबु नेतृत्वको प्रदेश सरकारले वीरगन्ज विकास प्राधिकरणको नाममा २५ करोड अनियमितता गरेको पटेलकाे आराेप

MadhesKhabar

Leave a Comment