Madhes Khabar
मधेस प्रदेश

मधेसको विकासमा निरन्तर लाग्नेछु : प्रधानमन्त्री प्रचण्ड

धनुषा,१२फाल्गुनःप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर लागिपर्ने बताएका छन्। उनले मधेसको विकास नभईकन देशको विकास नहुनेपनि बताएका छन् ।

सिराहा नगरपालिका–१३ मल्हनिया र धनुषाको जनकनन्दिनी गाउँपालिका–६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको शनिबार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेसको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

तराई–मधेसमा सिँचाइ विस्तार गरी र उत्पादकत्व वृद्धि गर्न सरकारले सहयोग गर्ने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले यसपटक आफूले संघीयता कार्यान्वयनलाई विशेष ध्यान दिएको बताए। उनले भने, ‘अब संघीयता सबलरुपमा कार्यान्वयन हुन्छ। केही दिनभित्रै प्रदेश प्रहरी ऐन, शिक्षा ऐन र कर्मचारीसम्बन्धी कार्यान्वयनमा आउनेछ।’

प्रधानमन्त्री प्रचण्डले तीन तहको सरकारको सहकार्यबाट यस्ता निर्माणले सङ्घीयतालाई सबल तुल्याउने विश्वास व्यक्त गरे। नेपालको भूगोलअनुसार झोलुङ्गे पुलको महत्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न स्थानमा झोलुङ्गे पुलको निर्माणमा प्राथमिकता दिइँदैआएको बताए।

निर्माण सम्पन्न भएको पुलले धनुषा र सिरहाका जनतालाई राहत पु¥याएको बताउँदै उनले दुई जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे।नेपालकै सबैभन्दा लामो यस पुलको लम्बाई एक हजार पाँच सय दशमलव ४४ मिटर लामो पुल हो।रासस

Related posts

मधेस प्रदेश सरकारको दोस्रो दिन पनि धर्ना जारी

MadhesKhabar

पर्साबाट प्रदीप यादव , राजेशमान सिंह सहित १० जना जसपाको केन्द्रिय समितिमा मनोनित

MadhesKhabar

मधेसका मुख्यन्यायधिवक्ता ठाकुरले यौन दुर्व्यवहार गरेको शहिदपत्निकाे आरोप

MadhesKhabar

Leave a Comment