Madhes Khabar
मधेस प्रदेश

बारा ४ (ख) को प्रदेशसभा सदस्यमा सोनल पुन निर्वाचित

मधेसखबर
वीरगन्ज,०७ मंसिर : बाराको क्षेत्र नम्बर ४ (ख) को प्रदेशसभा सदस्यामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार जितेन्द्र सोनल पुन निर्वाचित भएका छन् ।

पाँच दलीय गठबन्धनका समेत उम्मेदवार रहेका सोनल निकटतम प्रतिस्पर्धी भन्दा निक्कै फराकिलो मतान्तरले प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
सोनल १३ हजार ५ सय ९६ मतका साथ विजयी हुदा उनका निकटतम प्रतिस्पर्धी जसपा–एमाले उम्मेदवार आत्माराम साह ८ हजार २ सय ६९ मत मात्रै पाएका छन् । सोनल र साह बिचको मतान्तर ५ हजार ३ सय २७ रहेको छ ।

मधेस प्रदेश सरकार पुर्वमन्त्री र लोसपाका प्रदेश अध्यक्ष समेत रहेका सोनल , २०७४ को निर्वाचनमा पनि यहि क्षेत्रबाट १३ हजार १ सय १८ मतका साथ निर्वाचित भएका थिए ।

Related posts

प्रदेश सरकारको नीति तथा कार्यक्रममा वीरगन्जका लागि विशेष प्याकेजको माग

MadhesKhabar

घरेलु मदिरा सेवनका कारण मधेसका हरेक दलित बस्तीमा प्यारालाइसिसका बिरामी

MadhesKhabar

वीरगन्जमा गठबन्धनका उम्मेदवारलाइ जिताउन जसपा महिला नेतृहरु सकृय

MadhesKhabar

Leave a Comment