Madhes Khabar
मधेस प्रदेश

बारामा २३० केजी गाँजासहित रौतहटका युवक पक्राउ

वीरगन्ज,६बैशाखः बारामा प्रहरीले गोली चलाएर ठूलो परिमाणमा लागु औषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।बाराको पचरौता नगरपालिका वडा नम्बर ४ इनर्वाबाट प्रहरीले २ सय ३० केजी गाँजा सहित रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ४ टेंग्राहा घर भएका २३ बर्षिय चन्दन पासवानलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा बुधबार मध्यरातमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक नवीन राइको नेतृत्वमा खटिएको प्रहरी टोलीले उक्त परिमाणमा रहेको गाँजासहित चन्दनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार, इनर्वास्थित सडकको कल्भर्टमुनि प्लाष्टिकले बेरेर लुकाएर राखिएको अवस्थामा १५ पोका गाँजा प्रहरीले बरामद गरेको हो । प्रहरीको टोली देखेर गाँजा तस्कर चन्दन भाग्न खोजेपछि उनलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायरपनि गर्नु परेको प्रहरी नायब उपरीक्षक न्यौपानले जानकारी दिए ।

गाँजासहित पक्राउ परेका चन्दनलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।

Related posts

सर्लाहीको लखनदेई पुलमुनि भेटियो एक युवकको टाउको

MadhesKhabar

मधेस : सरकारी अनुदानको गहुँको बिउ नउम्रिएपछि १ सय १० बिघा खेत बाँझै

MadhesKhabar

मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

MadhesKhabar

Leave a Comment