Madhes Khabar
मधेस प्रदेश

रौतहटको लालबकैया नदीमा बेपत्ता दुई बालबालिकाको शव फेला, एक जनाको अवस्था अझै अज्ञात

रौतहट,२७साउनः रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियास्थित लालबकैया नदीमा मंगलबार दिउँसो नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको छ। एक जना बालिकाको अवस्था भने अझै अज्ञात रहेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार नदीमा बेपत्ता भएकामध्ये बेपत्ता हुनेमा देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियाका शेख अमरे आलमका १० वर्षीय छोरा मोहम्मद रमतुल्लाह र त्यही स्थानका शेख ओसी अख्तरकी १० वर्षीया छोरी सवनम खातुनको शव बुधबार बिहान परोहा नगरपालिका–२ जिङ्गडवा क्षेत्रस्थित लालबकैया नदीमा फेला परेको हो। दुवै शव नदीमा तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

बेपत्ता शेख खुरौसेदकी १० वर्षीया छोरी रौशन खातुनको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।मंगलबार दिउँसो करिब १ः५० बजे नदीमा नुहाउने क्रममा तीन बालबालिका डुबेर बेपत्ता भएका थिए। घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीले खोजी सुरु गरेका थिए। बेपत्ता भएकी १० वर्षीया रौशन खातुनको खोजी कार्य भने जारी रहेको प्रहरीले जनाएको छ।

Related posts

मधेस प्रदेश सरकारमा लोसपा पनि सहभागी हुदै, पर्साका रमेश कुर्मी वनमन्त्री बन्दै

MadhesKhabar

सर्लाहीमा जलाउन लागेको युवतीको शव प्रहरी नियन्त्रणमा, पतिसहित तीन जना पक्राउ

MadhesKhabar

मधेस प्रदेश लागूऔषधको ‘अखाडा’

MadhesKhabar

Leave a Comment