Madhes Khabar
मधेस प्रदेश समाचार

मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि साडी, चुरा फ्याकेर प्रदर्शन

मधेसखबर
वीरगञ्ज ,साउन २०: जनकपुरधाममा दुई साता भन्दा बढी समयदेखि अन्सनमा बसेका चुरे संरक्षण तथा भूमिहीन सुकुम्बासीहरुले मधेश प्रदेश सरकारको विरोधमा शुक्रबार प्रदर्शन गरेका छन् ।

जनकपुरधामको जनक चोकमा विगत १७ दिनदेखि रिले अनसन बस्दै आएका सुकुम्बासीहरुले मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले मुख्यमन्त्री र मन्त्रालयका मन्त्रीहरुलाई साडी, चुरा दिने भन्दै मुख्यमन्त्री कार्यालय सम्म पुगेका थिए । उनीहरुलाई सुरक्षाकर्मीले रोकेपछि सडकमै साडी , चुरा, लहठी लगायतका सामग्रीहरु फ्याकेर विरोध प्रदर्शन गरेका थिए ।

उनीहरुले सिरहाको मिर्चैयामा रहेको मारुती सिमेन्टले लिएको वनक्षेत्रको जग्गा फिर्ता हुनुपर्ने लगायत विभिन्न ५ बुँदे माग राख्दै निरन्तर आन्दोलन गर्दै आएका छन् ।

Related posts

समाजवादी प्रेस संगठन पर्साको जिल्ला सम्मेलन माघ १२ गते

MadhesKhabar

आईपीएलमा सट्टाबाजी खेलाउने सर्लाहीको गिरोह पक्राउ, खाताबाट ५७ करोड रुपैया ट्रान्जेक्सन

MadhesKhabar

प्रिशाको मृत्युबारे परराष्ट्रमन्त्री राणा भन्छिन्,’छानविनका लागि कूटनीतिक पहल थालिएको छ’

MadhesKhabar

Leave a Comment