Madhes Khabar
मधेस प्रदेश समाचार

मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि साडी, चुरा फ्याकेर प्रदर्शन

मधेसखबर
वीरगञ्ज ,साउन २०: जनकपुरधाममा दुई साता भन्दा बढी समयदेखि अन्सनमा बसेका चुरे संरक्षण तथा भूमिहीन सुकुम्बासीहरुले मधेश प्रदेश सरकारको विरोधमा शुक्रबार प्रदर्शन गरेका छन् ।

जनकपुरधामको जनक चोकमा विगत १७ दिनदेखि रिले अनसन बस्दै आएका सुकुम्बासीहरुले मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले मुख्यमन्त्री र मन्त्रालयका मन्त्रीहरुलाई साडी, चुरा दिने भन्दै मुख्यमन्त्री कार्यालय सम्म पुगेका थिए । उनीहरुलाई सुरक्षाकर्मीले रोकेपछि सडकमै साडी , चुरा, लहठी लगायतका सामग्रीहरु फ्याकेर विरोध प्रदर्शन गरेका थिए ।

उनीहरुले सिरहाको मिर्चैयामा रहेको मारुती सिमेन्टले लिएको वनक्षेत्रको जग्गा फिर्ता हुनुपर्ने लगायत विभिन्न ५ बुँदे माग राख्दै निरन्तर आन्दोलन गर्दै आएका छन् ।

Related posts

मधेसमा मौलाउदै कुश्ती खेल

MadhesKhabar

रौतहटमा लागुऔषध बेच्ने मेडिकल सञ्चालक पक्राउ

MadhesKhabar

हुण्डी कारोबारीको आशंकामा रक्सौलका बब्लुराज वीरगन्जबाट पक्राउ

MadhesKhabar

Leave a Comment