Madhes Khabar
समाचार

आईपीएलमा सट्टाबाजी खेलाउने सर्लाहीको गिरोह पक्राउ, खाताबाट ५७ करोड रुपैया ट्रान्जेक्सन

काठमाडौं,३बैशाखःभारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) लगायतका विभिन्न खेलमा सट्टाबाजी खेलाउने रिगरोहका तीन जना काठमाडौंबाट पक्राउ परेका छन् । बेटिङ एप वान एक्स बेटमार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न सर्लाहीको मलंगवा नगरपालिका–९ बस्ने ३१ वर्षीय सञ्जय कुमार साह ,१९ वर्षीय रामजी साह र वडा नम्बर १० का ३० वर्षीय राकेश चौधरी पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

वानएक्स बेटमा लगाउन रकम संकलन गर्ने, गराउने कार्य गर्ने, क्रिप्टो करेन्सी ट्रेड गर्ने सक्रिय एजेन्टहरू रहेको सूचनाको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गत चैत २९ गते उनीहरूलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको थियो । प्रहरीले उनीहरुको बैंक खाताबाट ५७ करोड रुपैया ट्रान्जेक्सन भएको जनाएको छ।

उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार उनीहरुको बैक खाताबाट हालसम्म ५७ करोड ४९ लाख ५७ हजार १४७ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ। प्रहरीले उनीहरुको साथबाट कारोबारमा संलग्न रहेका १६ थान चेक बुक बरामद गरेको छ ।

साथै, ९ थान मोबाइल सेट, २१ थान सिमकार्ड, २ थान ल्यापटप, १ थान सीपीयू, नगद ६२ हजार रुपैयाँ, विभिन्न सहकारीको ११ थान पासबुक, ११ थान डिपोजिट भौचरपनि बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूले विभिन्न मोबाइल नम्बरहरूबाट २१ वटा कनेक्ट आईपीएस अकाउन्ट खोली ९८ वटा बैंकका खाताहरू लिंक गरेको पाइएको छ ।

 

Related posts

पथलैयामा हाइस गाडीबाट ६२ केजी गाँजा बरामद, चालक फरार

MadhesKhabar

ठाेरीबाट २० केजी गाजा बरामद

MadhesKhabar

बारामा १ क्विन्टल ४२ केजी गाँजासहित माेटरसाइकल प्रहरी नियन्त्रणमा,चालक फरार

MadhesKhabar

Leave a Comment