Madhes Khabar
समाचार

बारामा भेटियाे एक पुरुषकाे शव,पहिचान खुल्न बाँकी

सांकेतिक फोटो ।

बारा,२पुस: बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ स्थित स्वास्थ्य चौकी नजिकको नहरमा रहेकाे कल्भर्ट मुनि एक पुरुषको शव फेला परेको छ।

बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुबेको अवस्थामा एक जनाकाे शव देखिएको भन्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय परवानीपुर तथा जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

 

मृतकले कालो पाइन्ट र पहेँलो कुर्ताजस्तो सर्ट लगाएको, उचाइ करिब ५ फिट ६ इन्च रहेको तर पहिचान भने खुल्न नसकेको प्रहरीले जनाएको छ।

 

तर मृतकको नाम र ठेगाना खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ।

 

मृतकलाई चिन्ने वा आफन्तजनले जिल्ला प्रहरी कार्यालय बारामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related posts

वीरगन्जको घण्टाघरबाट १ करोड ३१ लाखको सामानसहित दुई वटा ट्रक प्रहरी नियन्त्रणमा

MadhesKhabar

वीरगन्जमा बिपद सम्बन्धित कृत्रिम घटना अभ्यास तथा तालीम सम्पन्न

MadhesKhabar

वीरगन्जका पत्रकार राम सर्राफ राष्ट्रिय फोटो पत्रकारिता अवार्डबाट पुरस्कृत

MadhesKhabar

Leave a Comment