Madhes Khabar
समाचार

गिरिजा प्रसाद कोइरालाको १२ औं स्मृतिमा वीरगन्जमा तीन दिने कार्यक्रम हुने

मधेसखबर
वीरगन्ज,१६असारः  जिपी कोइराला फाउण्डेशन पर्साले पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १२ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाउने भएको छ ।

बिहीबार वीरगन्जमा बसेको फाउण्डेशनको बैठकले १२ औं स्मृति दिवसको अवसरमा तीन दिन विभिन्न साममाजिक सेवाका कार्यक्रमहरु गर्ने निर्णय गरेको हो ।

पहिलो दिन असार १८ गते शनिबार नारायणी अस्पतालमा बिरामीहरुलाइ फलफुल वितरण गर्ने , दोश्रो दिन आइतबार असार १९ गते गते बिहान मानव सेवा आश्रमका आश्रीतहरुलाइ खाना सुवाउने र तेश्रो दिन असार २० गते सोमबार ठाकुरराम बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण कार्यक्रम गर्ने निर्णय भएको फाउण्डेशनका सचिव धिरज कुमार गुप्ताले जानकारी दिए ।

फाउण्डेशन पर्साका अध्यक्ष महम्मद शाहबुद्धिनको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष उपाध्यक्ष जयमंगल कापर , ससहचिव मिन्टु देवी सिंह , कोषाध्यक्ष मनाोहर साह , सदस्यहरु प्रिति सिंह , दिलिपराज कार्की , हरिन्द्र यादव , सन्तोष सिंह , दिपेश कुमार श्रीवास्तव लगायतको उपस्थिती रहेको थियो ।

Related posts

सुन तस्करी काण्डमा पूर्वसभामुख महराविरुद्ध विशेष अदालतमा मुद्दा दायर

MadhesKhabar

दुर्गा प्रसाईं पक्राउबारे सर्वोच्च अदालतले माग्यो २४ घण्टाभित्र लिखित जवाफ

MadhesKhabar

सट्टेबाजी अड्डामा प्रहरीको छापा, पाँच भारतीयसहित १७ जना पक्राउ

MadhesKhabar

Leave a Comment