Madhes Khabar
समाचार

दुर्गा प्रसाईं पक्राउबारे सर्वोच्च अदालतले माग्यो २४ घण्टाभित्र लिखित जवाफ

काठमाडौं,६जेठ: सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको छ।

न्यायाधीश महेश शर्मा पौडेलको इजलासले आज (बुधबार) हाल जिल्ला प्रहरी कार्यालय पर्साकाे हिरासतमा रहेका प्रसाईंको हकमा अधिवक्ता आशिष लुइँटेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा उक्त आदेश दिएको हो ।

आदेशमा भनिएको छ, “आधार र कारणसहित बाटोको म्यादबाहेक सूचना म्याद पाएको मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नू।”

 

वीरगन्ज आएका बेला प्रसाइँलाई गत साेमबार बेलुकी दियालाे सिद्धार्थ हाेटलबाट प्रहरीले पक्राउ गरेर विधुतीय काराेबार ऐन र राज्यविरुद्धकाे कसुरमा मुद्दा दर्ता गरि अनुसन्धान गरिरहेकाे छ।

Related posts

पर्साकाे पाेखरियाका साह ६४ लाखकाे सुनसहित सिन्धुलीमा पक्राउ

MadhesKhabar

भारत सरकारद्धारा नेपाललाइ ७५ वटा एम्बुलेन्स र १७ वटा बस उपहार

MadhesKhabar

जसपा नेपालको प्रवक्ताको जिम्मेवारी मनिष कुमार सुमनलाई

MadhesKhabar

Leave a Comment