Madhes Khabar
समाचार

कलैयामा दुइ वटा मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको मृत्यु ,चार जना घाइते

मधेसखबर
वीरगन्ज,०७असार : बाराको कलैयामा दुइ वटा मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते पनि भएका छन् ।

प्रहरीका अनुसार , कलैया उपमहानगरपालिका वडा नम्बर २७ मौजेरामपुरमा बिजुलपुरबाट कलैया तर्फ आउँदै गरेको ना.२८ प ७७६८ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेका ना. ३४ प ७९२२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको हो ।

दुर्घटनामा गम्भिर घाइते भएका बाराकै करैयामाई गाउँपालिका १ का २३ वर्षीय तबरेज आलमको कलैया स्थित प्राादेशीक अस्पतालमा उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा करैयामाइ १ कै २५ वर्षीय नसरुदिन अन्सारी, भारत बिहारको मोतिहारी पतही बस्ने ३५ वर्षीय सुरेश साह, सुरेशकी श्रीमती ३२ वर्षीय सबिता देवी र त्यही ठाउँका २२ वर्षीय रामप्रवेश साह घाइते भएका छन् । उनिहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Related posts

पर्सा १ मा नगद १ लाख सहित स्वतन्त्र उम्मेदवार पक्राउ

MadhesKhabar

पर्साकाे देउरीयामा खेतबाट १८ प्याकेट चरेस बरामद

MadhesKhabar

पर्साका एसपी ढुंगेलकाे सरुवा,अब पर्सामा एसपी मिश्र आउँदै

MadhesKhabar

Leave a Comment