Madhes Khabar
समाचार हेडलाइन

वीरगन्जमा टाटासुमाेबाट ठूलाे परिमाणमा लागूऔषधसहित दुई जना पक्राउ

वीरगन्ज,१चैत:पर्साकाे वीरगन्जबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले लागूऔषध ट्रामाडाेल ५२ हजार ३०० पिस ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेकाे हाे।पक्राउ पर्नेहरुमा बाराकाे परवानीपुर गाँउपालिका-१ रहरिया डिहका ४२ वर्षीय राम अशीष राउत अहिर र पर्साकाे बहुदरमाई नगरपालिका२ सिसियाडीका ३० वर्षीय सुवास सर्राफ रहेका छन्।

 

वीरगन्जबाट काठमाडौं जाँदै गरेकाे ना ७ ख ७६८६ नम्बरको टाटासुमाे आइतबार दिउँसो प्रहरीले वीरगन्ज-१४ गण्डकस्थित प्रहरी चेकपोस्टमा प्रहरीले राेकेर चेकजाँच गरेकाे थियाे ।त्यसक्रममा उक्त गाडीमा सवार रहेका अहिर र सर्राफकाे साथमा रहेकाे झाेला र बाेराबाट ५२ हजार ३ पिस ट्रामाडाेल ट्याब्लेट बरामद भएको पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए।

 

बरामद लागुऔषधिसहित पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखेर उनिहरु विरुद्ध लागूऔषध सम्बन्धी कसुरमा आइतबार नै पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पाठकले जानकारी दिए ।

Related posts

दुर्घटनामा परेको हेलिकप्टरमा सवार पाँचै जनाको मृत्यु

MadhesKhabar

प्रधानमन्त्री बालेन्द्र शाहको मधेस प्रदेशका सान्सदहरुसंग छलफल चलिरह्दा, युवा नेता महादेव कुर्मिले दिए यस्ता सुझाव

MadhesKhabar

पर्साकाे १ र २ मा जसपा गठबन्धन , पर्सा ३ र ४ मा काँग्रेस गठबन्धन अगाडि

MadhesKhabar

Leave a Comment