Madhes Khabar
स्वास्थ्य हेडलाइन

जानकीटाेलमा आयाेजित शिविरमा ५३५ जनाकाे स्वास्थ्य परिक्षण

मधेसखबर
वीरगन्ज ,०२ मंसिर : पर्साकाे जगरनाथपुर गाँउपालिका वडा नम्बर २ जानकीटाेलमा शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।

दाइजाे एंव सामाजिक कुरिती विरुद्धको जागरण मञ्चले आयाेजना गरेकाे शिविरमा ५३५ जनाकाे स्वास्थ्य परिक्षण गरिएको छ । शिविरमा बिरामीहरुलाई ओैषधि वितरण पनि गरिएकाे मञ्चका अध्यक्ष ब्रिजेश्वर प्रसाद चाैधरीले जानकारी दिए ।

शुभम क्लिनिककाे प्राविधिक सहयाेगमा आयाेजित शिविरमा डाक्टर मनाेज गुप्ता , डाक्टर प्रमिला गुप्ता , डाक्टर नवीन कुमार सिंह, डाक्टर श्यामबाबु साह लगायतको चिकित्सककाे टाेलीले स्वास्थ्य परिक्षण गरेकाे थियाे ।

समाजसेवी सुध महताे केवटकाे अध्यक्षता तथा वडा अध्यक्ष नेपाली प्रसाद कुशवाहाकाे प्रमुख आतिथ्यामा भएकाे शिविरमा सहरुम राउत गद्दी , कृष्णमाेहन यादव, जय प्रकाश महताे लगायतकाे पनि उपस्थिति रहेकाे थियाे ।

Related posts

वीरगन्ज नाका हुदैं ७ महिनामा १९ अर्ब ८४ करोडको नयाँ सवारीसाधन भित्रियो : इभी गाडीको आयातमा भारी बृद्धि

MadhesKhabar

पर्सा जिल्ला अदालतमा १ करोड धरौटी बुझाएर रिहा भए रास्वपा सभापति रवि लामिछाने

MadhesKhabar

सरकारी विद्यालयहरुमा विद्यार्थीको अनुपातमा शिक्षकको माग गर्दै बारामा आन्दोलन सुरु

MadhesKhabar

Leave a Comment