Madhes Khabar
स्वास्थ्य हेडलाइन

जानकीटाेलमा आयाेजित शिविरमा ५३५ जनाकाे स्वास्थ्य परिक्षण

मधेसखबर
वीरगन्ज ,०२ मंसिर : पर्साकाे जगरनाथपुर गाँउपालिका वडा नम्बर २ जानकीटाेलमा शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।

दाइजाे एंव सामाजिक कुरिती विरुद्धको जागरण मञ्चले आयाेजना गरेकाे शिविरमा ५३५ जनाकाे स्वास्थ्य परिक्षण गरिएको छ । शिविरमा बिरामीहरुलाई ओैषधि वितरण पनि गरिएकाे मञ्चका अध्यक्ष ब्रिजेश्वर प्रसाद चाैधरीले जानकारी दिए ।

शुभम क्लिनिककाे प्राविधिक सहयाेगमा आयाेजित शिविरमा डाक्टर मनाेज गुप्ता , डाक्टर प्रमिला गुप्ता , डाक्टर नवीन कुमार सिंह, डाक्टर श्यामबाबु साह लगायतको चिकित्सककाे टाेलीले स्वास्थ्य परिक्षण गरेकाे थियाे ।

समाजसेवी सुध महताे केवटकाे अध्यक्षता तथा वडा अध्यक्ष नेपाली प्रसाद कुशवाहाकाे प्रमुख आतिथ्यामा भएकाे शिविरमा सहरुम राउत गद्दी , कृष्णमाेहन यादव, जय प्रकाश महताे लगायतकाे पनि उपस्थिति रहेकाे थियाे ।

Related posts

राधेमाईमा आयाेजित निशुल्क शिविरमा २६० जनाकाे स्वास्थ्य परिक्षण

MadhesKhabar

पाेखरिया अस्पताललाई स्तराेन्नती गर्ने प्रदेश सरकारकाे घाेषणा

MadhesKhabar

परिवारै मिलेर देवरबाट गराए बलात्कार

MadhesKhabar

Leave a Comment