Madhes Khabar
समाचार

पर्साकाे पाेखरियाका साह ६४ लाखकाे सुनसहित सिन्धुलीमा पक्राउ

काठमाडौ,१माघ:सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानमा ४१ तोला बढी सुन सहित पर्साका एक जना पक्राउ परेका छन्।

बर्दिवासबाट काठमाण्डौंतर्फ जाँदै गरेको बा ४ ख ५५४० नंम्बरको फोर्स गाडीबाट ४१ दशमलब ३५ तोला काँचो सुनसहित पर्साकाे पाेखरिया नगरपालिका-८ जगतियाका ४८ वर्षीय बिक्रम साह पक्राउ परेका हुन्।

 

उक्त गाडीमा सवार साहको कालो रंगको झोलाभित्र कपडाले बेरिएको अवस्थामा बिल बिजक नभएको ४१ दशमलब ३५ तोला काँचो सुनसहित विभिन्न गरगहना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए।

उनका अनुसार बरामद भएको सुनको मुल्य ६४ लाख ६१ हजार ९ सय ८२ रुपैयाँ रहेको छ। विशेष सूचनाका आधारमा भिमान चेकपोस्टमा चेकजाँच गर्दा साहको साथबाट औठी त्रीहत्तर थान, मंगलसुत्र पाँच थान, झुम्का–टप छ थान, बाला एक थान, नेकलेस एक थान, हिरा जस्तो देखिने सेतो टल्कने पत्थर कागजको सानो सानो पोकामा बाह्र थान, मोवाईल एक थान र १९ हजार नगद समेत प्रहरीले बरामद गरेको छ।साभार:थाहाखबर

Related posts

वडा अध्यक्ष चर्तुवेदी वीरगन्ज महानगरको अनुगमन तथा सुपरिवेक्षण समितिको संयोजकमा चयन

MadhesKhabar

२० बर्षदेखि फरार अभियुक्त वीरगन्जमा पक्राउ

MadhesKhabar

पर्साको मुरैयास्थित खेतमा चामलको बोराभित्र लुकाएर राखिएको १ सय केजी गाँजा बरामद

MadhesKhabar

Leave a Comment