Madhes Khabar
समाचार

वडा अध्यक्ष चर्तुवेदी वीरगन्ज महानगरको अनुगमन तथा सुपरिवेक्षण समितिको संयोजकमा चयन

मधेसखबर
वीरगन्ज, ०१ भदौ : वीरगन्ज महानगरपालिकाको अनुगमन तथा सुपरिवेक्षण समितिको संयोजकमा आशुतोष चर्तुवेदी चयन भएका छन् ।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्ज २५ का वडा अध्ध्यक्ष समेत रहेका चर्तुवेदीलाइ महानगरको अनुगमन तथा सुपरिवेक्षण समितिको संयोजकको जिम्मेवारी दिएका हुन् ।

स्थानीय सरकार सन्चालन ऐन २०७४ को दफा २२ तथा वीरगन्ज महानगरपालिकाको नगर कार्यपालिकाको जेठ २३ को बैठकको निर्णय अनुसार चर्तुवेदीलाइ अनुगमन तथा सुपरिवेक्षण समितिको संयोजकमा चयन गरिएको हो ।

यस्तै मेयर सिंहले वडा अध्यक्ष चर्तुवेदीलाइ महानगरको शिक्षा समितिकाो सदस्यमा पनि मनोनित गरेका छन् ।

Related posts

बारामा तस्कर र प्रहरीबीच गोली हानाहान

MadhesKhabar

पर्सागढीमा नेपाली सेनाले आयाेजना गरेकाे हाजिरी जवाफ प्रतियोगितामा विद्या सदन मावि प्रथम

MadhesKhabar

रवि लामिछानेलाई ५४ लाख धरौटीमा छोड्न चितवन जिल्ला अदालतको आदेश

MadhesKhabar

Leave a Comment