Madhes Khabar
समाचार

रौतहटमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

फाइल तस्बिर।

रौतहट,१६कार्तिकःरौतहटमा शुक्रबार जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा फतुवा विजयपुर नगरपालिका वडा नम्बर ११ बुट्वा गाउँकी ७० वर्षिया पातली तामांग रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार,आफ्नै घरमा सुतिरहेको अवस्थामा शुक्रबार बिहान हात्तीले आक्रमण गर्दा तामाङको मृत्यु भएको हो ।

शुक्रबार बिहान हात्तीले अचानक घरमा आक्रमण गर्दा तमांगको मृत्यु भएको र उनका पतिले भने भागेर ज्यान जोगाएको इलाका प्रहरी कार्यालय बिजयपुरका प्रहरी निरीक्षक इन्द्रमणि अधिकारीले जानकारी दिए।हात्तीको आक्रमणबाट घर पूर्णरुपमा क्षति भएको छ ।

Related posts

पत्रकार सर्राफको निधनले पत्रकारीता क्षेत्रमा ठूलो क्षति : प्रेस चौतारी बारा

MadhesKhabar

वीरगंजमा नमुना मतदान सम्पन्न

MadhesKhabar

वीरगन्जको शोभा यात्रामा भएको आक्रमणका दाेषीलाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई बुझाइयाे ज्ञापन

MadhesKhabar

Leave a Comment