Madhes Khabar
समाचार

रौतहटमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

फाइल तस्बिर।

रौतहट,१६कार्तिकःरौतहटमा शुक्रबार जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा फतुवा विजयपुर नगरपालिका वडा नम्बर ११ बुट्वा गाउँकी ७० वर्षिया पातली तामांग रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार,आफ्नै घरमा सुतिरहेको अवस्थामा शुक्रबार बिहान हात्तीले आक्रमण गर्दा तामाङको मृत्यु भएको हो ।

शुक्रबार बिहान हात्तीले अचानक घरमा आक्रमण गर्दा तमांगको मृत्यु भएको र उनका पतिले भने भागेर ज्यान जोगाएको इलाका प्रहरी कार्यालय बिजयपुरका प्रहरी निरीक्षक इन्द्रमणि अधिकारीले जानकारी दिए।हात्तीको आक्रमणबाट घर पूर्णरुपमा क्षति भएको छ ।

Related posts

पर्सा–२ का कांग्रेस उम्मेदवार चौरसिया खुट्टामा चोट लागेर घाइते, उपचारपछि घर फर्किए

MadhesKhabar

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” काे सन्देश पनि दिन्छ : मन्त्री यादव

MadhesKhabar

वीरगन्जमा भेडाहा खोलाले गर्ने क्षतिलाई रोक्न सरकारसंग पहल गर्छु : खानेपानी मन्त्री यादव

MadhesKhabar

Leave a Comment