
वीरगन्ज,१२ माघःपर्सा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियाको खुट्टामा गम्भीर चोट लागेको छ ।वीरगन्ज–१२ ओमआश्रम टोलस्थित आफ्नै घरमा भ¥याङबाट ओर्लने क्रममा चिप्लिएर लडेका चौरसियाको देब्रो खुट्टामा चोट लागेको हो ।
यो घटना भनेआइतबारको हो । आइतबार घरकै भ¥याङबाट झर्ने क्रममा लडेर खुट्टामा चोट लागेका चौरसियाले दुखाई कम हुने औषधि खाएका थिए । सोमबार पर्सा क्षेत्र नम्बर ३ मा कांग्रेसको क्षेत्रीय भेलामा चौरसिया सहभागी पनि भएका थिए ।
उक्त कार्यक्रम सकेर फर्कने क्रममा दुखाई कम नभएपछि चौरसिया वीरगन्जको वीर्तास्थित सीता हस्पिटलमा गएका थिए । त्यहाँ चोट लागेको खुट्टाको एक्सरे गर्दा हड्डी क्रेक भएको (भाँच्चिएको ) देखिएपछि सोमबार साँझ डाक्टरले प्लाष्टर गरेका छन् ।
प्लाष्टरपछि चौरसिया घर फर्किएर घरमै आरामा गरिरहेको पारिवारिक श्रोतले जनाएको छ । खुट्टामा प्लाष्टर गरिएपनि चौरसियाको चुनावी कार्यक्रम प्रभावित नहुने र ती कार्यक्रममा उनि जाने चौरसिया निकटका एक कांग्रेस कार्यकर्ताले जनाएका छन् ।

