Madhes Khabar
समाचार

भारतबाट तस्करी गरी ल्याइएका २० वटा भैंसी र पाडा सशस्त्र प्रहरीको नियन्त्रणमा

वीरगन्ज,२४पुष:भारतबाट अवैध रुपमा ल्याइएकाे २० वटा पशुचाैपाया सशस्त्र प्रहरीले वीरगन्जको रामगढवाबाट नियन्त्रणमा लिएको छ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवाबाट सशस्त्र प्रहरीले ११ वटा भैंसी र ९ वटा पाडा नियन्त्रणमा लिएको हाे ।

सशस्त्र प्रहरी १३ नम्बर गणबाट खटिएको गस्ती टोलीले भारतबाट अबैध रुपमा भन्सार छलि गरि नेपाल तर्फ ल्याउदै गरेको ४ लाख ५१ हजार मुल्य बराबरको भैसी ११ वटा र पाडा ९ वटा नियन्त्रणमा लिएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्यले बताए ।

सशस्त्र प्रहरीलाई देख्ने बितिकै तस्करहरु चौपाया छाडेर भागेको उनले बताए। नियन्त्रणमा लिइएका भैसी र पाडाहरु वीरगन्ज भन्सार कार्यालयको जिम्मा लगाएर लिलाम समेत गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

Related posts

मेलम्चीको पानी ल्याउने विषयमा मन्त्री यादव र संघर्ष समितिबीच सहमति

MadhesKhabar

पोखरीया नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

MadhesKhabar

एनवाइईएफ वीरगन्जले जित्यो उत्कृष्ट च्याप्टरको अवार्ड

MadhesKhabar

Leave a Comment