Madhes Khabar
समाचार

मेलम्चीको पानी ल्याउने विषयमा मन्त्री यादव र संघर्ष समितिबीच सहमति

काठमाडौं,२१असाेज: खोपानीमन्त्री प्रदीप यादव र मेलम्चीका संघर्ष समितिबीच मेलम्चीको पानी ल्याउने विषयमा सहमति भएको छ।हेलम्बु गाउँपालिकाको मेलम्चीमा बसेको वार्ता सफल भएको मन्त्री सचिवालयले जानकारी दिएको छ।

दुई पक्षबीच सहमति भएसँगै मंगलबार बिहान मेलम्चीको पानी काठमाडौंमा रहेको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पठान्तरण गरिने छ। दसैं अगाडि काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने लक्ष्यअनुसार मन्त्री यादवसहितको टोली मेलम्चीका संघर्ष समितिसँग वार्ता गर्नका लागि मेलम्ची पुगेका थिए।

काठमाडौंबाट गएको मन्त्री यादवसहितको टोली र मेलम्चीका संघर्ष समितिबीच पानी काठमाडौंमा लैजाने विषयमा भएको वार्तामा संघर्ष समितिले राखेका जायज मागलाई सम्बोधन गरिने सहमति भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए। ‘वार्ता सफल भएर मेलम्चीको पानी काठमाडौंमा ल्याउने विषयमा संघर्ष समितिसँग सहमति पनि भएको छ। मेलम्चीबाट भोलि मंगलबार पानी सुन्दरीजलमा पथान्तरण गरिने छ,’ उनले भने।
आयोजना पुन:निर्माण तथा स्थानीय यातायातका लागि १२ महिना सञ्चालन गर्ने किसिमको तपसिलका सडकहरूको निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा स्रोत सहमतिको प्रस्ताव पेस गर्नेगरी अबको तीन महिनाभित्र बहुवर्षीय ठेका प्रक्रिया अगाडि बढाउने गरी खानेपानी मन्त्रालयले पहल गर्ने भएको छ।

पूर्णरूपमा क्षति भएका बाढी पीडितहरूलाई तत्काल घर पुन:निर्माण गर्न नेपाल सरकार प्राकृतिक प्रकोप पुन: निर्माण मापदण्ड बमोजिमको पाँच लाख रकम गृह मन्त्रालयमार्फत उपलब्ध गराउने प्रावधान रहेकोमा र हेलम्बुमा तीन सयभन्दा माथि घरहरू एकैपटक प्रभावित भएको हुँदा विपद् प्राधिकरणमार्फत बाढी पीडितहरूको घर पुन:निर्माणका लागि २० लाख तीन महिनाभित्र उपलब्ध गराउनका लागि विशेष पहल गर्ने सहमति भएको छ।

त्यस्तै हेलम्बु गाउँपालिका भवन निर्माणको लागि यस आर्थिक वर्षमा एक करोड बजेट विनियोजन भएकाले थप रकमसहित स्रोत सुनिश्चितताको लागि खानेपानी मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा एक हप्ताभित्र प्रस्ताव पेस गर्ने र प्रशासनिक भवन निर्माणको जिम्मेवारी मेलम्ची खानेपानी विकास समितिले लिने सहमति भएको छ।

त्यस्तै हेलम्बु मेलम्चीनदी तटबन्ध निर्माण कार्यको लागि जलस्रोत तथा सिंचाई मन्त्रालयसँग समन्वय गरी सोही मन्त्रालय मार्फत स्रोत सुनिश्चितताको लागि अर्थ मन्त्रालयमा पेस गर्ने सहमति भएको छ। त्यस्तै हेलम्बु गाँउपलिकामा प्राविधिक इन्जिनियरिङ कलेज स्थापना गर्न संघीय शिक्षा मन्त्र मार्फत हुनेगरी विशेष पहल गर्ने र हेलम्बु गाउँपालिकाका जोखिममा रहेका सार्वजनिक संरचाना, घर, बस्ती सुरक्षा सम्बन्धि एकीकृत विकास कार्यक्रम तथा नयाँ सहरका रूपमा विकास गरी तत्काल अध्ययन कार्य अगाडि बढाउनका लागि सहरी विकास मन्त्रालयमार्फत हुनेगरी विशेष पहल गर्ने सहमति भएको छ।

Related posts

ध्वनि प्रदूषण गर्न ग्यारेजमा मोटरसाइकल मोडिफाई गरिदिने आलम पक्राउ

MadhesKhabar

वीरगन्जमा तस्करीको आशंकामा २ करोडको सामानसहित ३ वटा ट्रक प्रहरी नियन्त्रणमा

MadhesKhabar

महोत्तरीका मिटरब्याजी अनिरुद्ध साह पक्राउ

MadhesKhabar

Leave a Comment