Madhes Khabar
समाचार

कलैयामा मोटरसाइकल र ई–रिक्सा ठोक्किँदा घाइते भएका युवकको उपचारका क्रममा मृत्यु

भदौ,२९भदाैं: बाराको कलैया उपमहानगरपालिका-५ बाल मन्दिरस्थित सडकमा भएको सवारी दुर्घटनामा परेर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको छ।

गत शुक्रबार ना २० प ९२४६ नम्बरको मोटरसाइकल र म प्र ०३-००१ ह ६११३ नम्बरको ई-रिक्सा आपसमा ठोक्किएर  दुर्घटना हुदाँ माेटरसाइकलका चालक कलैया उपमहानगरपालिका-१७ का २७ वर्षीय अमित पटेल गम्भीर घाइते भएका थिए।

घाइते पटेलको सुरुमा राज लक्ष्मि अस्पताल कलैयामा प्रारम्भिक उपचार गरिएको थियो। तर, लिभरमा जटिल समस्या देखिएपछि थप उपचारका लागि उनलाई मेडिसिटी अस्पताल ललितपुर लगिएको र लिभरको अप्रेशन गरी उपचार भइरहेको अवस्थामा आइतबार राति चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Related posts

कांग्रेसले टिकट दिएन स्वतन्त्रमा जिते

MadhesKhabar

बीपी कोइरालाको स्मृति दिवसमा वीरगन्जको अपौनीमा वृक्षारोपण

MadhesKhabar

रवि लामिछानेलाई १ कराेड रुपैयाँ धराैटीमा छाड्न रुपन्देही जिल्ला अदालतकाे आदेश

MadhesKhabar

Leave a Comment