Madhes Khabar
समाचार

कांग्रेसले टिकट दिएन स्वतन्त्रमा जिते

मधेसखबर

वीरगन्ज,०४ जेठ
पर्साको बहुदरमाइ नगरपालिकाको वडा नंबर. ६ काे वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रमाेद प्रसाद साह विजयी भएका छन् । नेपाली कांग्रेसले टिकट नदिएपछि वडाध्यक्षमा उम्मेदवारि दिएका साह ३ सय मत अन्तरले विजयी भएका हुन् ।

साह ८४० मत ल्याएर विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय बहुदरमाईले जनाएकाे छ । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका केदारनाथ तिवारीले ५४० मत प्राप्त गरेका छन् ।

वडाध्यक्षका कांग्रेसका उम्मेदवार रामप्रसाद यादवले ५२८ मत, जनता समाजवादी पार्टीका प्रभु प्रसाद कानुले ८३ मत र जनमत पार्टीका हृदय प्रसाद ४ मत पाएका छन् ।

वडाध्यक्षमा निर्वाचित साह, कांग्रेसका प्रदेश सभा सदस्य राजेश्वर साह तेलीका भाई हुन् ।

Related posts

पत्रकार सर्राफको निधन भएको शोकमा हिन्दु स्वंयसेवक संघद्धारा श्रद्धान्जलीसभा

MadhesKhabar

वीरगन्जमा आइपिएलकाे सट्टाबाजी खेलाउने गिराेह पक्राउ

MadhesKhabar

भोजपुरी प्रतिष्ठान, वीरगंजद्वारा “फगुआ के रंग लोक गीत के संग” कार्यक्रम सम्पन्न

MadhesKhabar

Leave a Comment