Madhes Khabar
समाचार

प्रदेश सभा सदस्य कुर्मीद्वारा विवाह भवनको उदघाटन


मधेसखबर
वीरगंज भदौ ११ । वीरगंज महानगरपालिका वडा नम्बर २४ रामगढवामा विवाह भनवको शनिवार उद्घाटन गरीएको छ ।

वडा नम्बर २४ रामगढवा स्थित कुर्मी सेवा सदनको प्राङ्गणमा एक करोड दस लाखको लागतमा निर्माण भएको विवाह भवन शनिवार मधेस प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मीले उद्घाटन गरेका हुन् ।

उक्त विवाह भवन, प्रदेश सभा सदस्य कुर्मीको संसदीय कोषबाट निर्माण गरीएको हो ।

विवाह भवन निर्माण भएपछि छोरीचेलीको विवाह गर्न वा कुनै किसिमको गाउँको भोजभतेर आयोजना गर्न खर्चिलो नपर्ने भन्दै स्थानीयले खुशी व्यक्त गरेका छन् ।

Related posts

पर्सामा वन्यजन्तु तस्करी प्रकरण : दुई प्रदेश सांसद सहित ४९ विरुद्ध मुद्दा दायर

MadhesKhabar

वीरगन्जको हरपतगन्जबाट गाँजासहित ४ जना पक्राउ

MadhesKhabar

जगरनाथपुर गाउपालिकाको बजेट ४९ करोड ३२ लाख

MadhesKhabar

Leave a Comment