Madhes Khabar
समाचार

प्रहरी कार्यालयभित्रै गोली चल्यो : सिपाही जयसवाल घाइते, इन्स्पेक्टर श्रेष्ठ नियन्त्रणमा

सांकेतिक तस्बिर ।

काठमाडौं,६ फाल्गुन: काठमाडौंको प्रहरी प्रभाग बलम्बुमा पेस्तोल पड्किँदा एक जना घाइते भएका छन्। आइतबार साँझ ५ बजेतिर प्रभागका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठले बोकेको पेस्तोल पड्किँदा उनका बडिगार्ड सिपाही आशिष जैसवाल घाइते भएका हुन्। घाइतेलाई एपीएफ अस्‍पताल लगिएको छ। उनको अवस्था सामान्य छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दीपक थापाका अनुसार प्रहरी निरीक्षक श्रेष्ठले ड्युटी सकेर पेस्तोल बुझाउने क्रममा गोली पड्किएको हो। ‘इन्स्पेक्टर श्रेष्ठले ड्युटी सकेर पेस्तोल बुझाउने क्रममा गोली अड्किएको र उक्त गोली निकाल्ने क्रममा लापरबाहीले उक्त घटना भएको देखिन्छ,’ उनले भने। बडीगार्ड जैसवालको खुट्टामा एक राउन्ड गोली लागेको छ।

घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीलाई निर्देशन दिइएको छ। इन्स्पेक्टर श्रेष्ठलाई अनुसन्धान गर्न नियन्त्रणमा लिइएको थापाले बताए। साभार:अन्नपूर्ण पाेष्ट

Related posts

मासु खाँदा घाँटीमा हड्डी अड्किएर एक जनाको मृत्यु

MadhesKhabar

वीरगन्ज आउँदै गरेकाे टाटासुमाे बारामा दुर्घटना हुदाँ १ जनाकाे मृत्यु,८ जना घाइते

MadhesKhabar

बारामा फेरि अर्को सवारी दुर्घटना, श्रीमान श्रीमतिको घटनास्थलमै मृत्यु

MadhesKhabar

Leave a Comment