बारा,१०पुस:बाराको सिम्रौनगढबाट प्रहरीले भारतीय गाडीबाट ४३ किलो लागूऔषध गाँजा बरामद गरेको छ ।प्रहरीले तेलकुवाबाट स्रिमौनगढतर्फ जाँदै गरेको भारतीय गाडीबाट गाँजा बरामद गरेको हो ।
गाँजा बरामद गरेपनि गाडी चालक भने फरार भएको प्रहरीको भनाई छ । प्रहरीलाई देखेर चालक फरार भएपछि शंका लागि जाँच गर्दा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार उक्त गाडीबाट पाँच वटा पोकामा रहको ४३ किलो गाँजा बरामद गरिएको हाे । प्रहरीले गाँजासहित कारलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको श्रेष्ठले बताए ।

