Madhes Khabar
समाचार

जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी

वीरगन्ज,८असारःलुम्बिनी प्रदेशबाट जनमत पार्टीकी प्रदेश सांसद सुमन शर्मा रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।बर्दियाको गुलेरिया नगरपालिका–५ घर भएकी सांसद रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।

पर्सा जिल्ला अदालतले १६ जेठमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । रायमाझीलाई पक्राउ गरी पर्सा जिजल्ला अदाालतमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय बर्दियालाई पत्रचार गरेपनि बर्दियाको प्रहरीले उनलाई हालसम्मपनि पक्राउ गरेको छैन ।

राउमाझीविरुद्ध जनमत पार्टीकै नेतृ आशा कुमारी चौहानले बैंकिङ कसुरमा जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएकी थिइन् । २ लाख ७५ हजार रुपैयाँ सापटी लगेको र लामो समयसम्म नतिरेपछि पटक–पटक माग्दा चेक दिएको तर रकम नभएको भन्दै चेक बाउन्स भएको चौहानले पर्सा प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।

रायमाझीले एभरेष्ट बैंकको चेकमा २ लाख ७५ हजार रुपैयाा उल्लेख गरेर दिएपनि रकम पर्याप्त नभएको भन्दै चेक बाउन्स भएको थियो ।
रायमाझी यसअघि जसपाबाट सांसद बनेकी थिइन् । उनी एमालेका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलका पालामा भौतिक पूर्वाधार विकास राज्य मन्त्रीपनि भएकी थिइन् ।लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री कुलप्रसाद केसीको मन्त्रीपरिषदमा उनी कृषि मन्त्री पनि बनेकी थिइन् ।

 

Related posts

पर्साको बिरुवागुठीमा होटलमा जुवा खेल्ने र खेलाउनेहरु पक्राउ

MadhesKhabar

घण्टाघरबाट भन्सार छलीको ८७ लाख बढीको सामानसहितको ट्रक प्रहरी नियन्त्रणमा

MadhesKhabar

पर्सा मुद्रक उद्योग संघको अध्यक्षमा कुशवाहा र उपाध्यक्षमा मिश्रा चयन

MadhesKhabar

Leave a Comment