Madhes Khabar
समाचार

पर्साको बिरुवागुठीमा होटलमा जुवा खेल्ने र खेलाउनेहरु पक्राउ

वीरगन्ज,२४ चैतःपर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ बडनिहार बिरुवागुठीको एक खाजा पसल (होटल ) मा जुवातास खेल्ने र खेलाउने गरी पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ  ।

बिरुवागुठीस्थित दिलमाया तामाङले सञ्चालन गरेको गौरे कटेज खाजा पसलबाट सोमबार प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा४ जना जुवाडे र जुवा खेलाउने होटल धनीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पर्सागढी नगरपालिका वडा नम्बर ३ कै ५७ वर्षीय वीरेन्द्र साह , वडा नम्बर ४ का ४० वर्षीय सुरेन्द्र चौधरी, पर्सागढी नगरपालिका वडा नम्बर ३ की होटल धनी दिलमाया तामाङ, वडा नम्बर ३ कै शीशीर तामाङ तथा पर्साकै वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ का २७ वर्षीय अरबिन्द गौरो रहेका छन् ।उनिकहरुको साथबाट तीन सेट तास र नगद १५ हजार ५५ रुपैयाँ बरामद पनि भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको र उनिहरुविरुद्ध सार्बजनिक शान्ति विरुद्दको कसूर अन्तर्गत दफा १२५ को जुवा खेल्न नहुने अन्तर्गत आवश्यक कानूनी कारवाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Related posts

भारतबाट लागू औषधको कारोबार गर्ने गिरोह वीरगन्जमा पक्राउ, ७६१७० पिस ट्रामाडोलपनि बरामद

MadhesKhabar

मधेसखबरकी सम्पादक माधुरी महत्तो अर्थमन्त्री शर्माबाट सम्मानित

MadhesKhabar

बारामा ६३ केजी गाँजासहित दुई वटा मोटरसाइकल बरामद

MadhesKhabar

Leave a Comment