वीरगन्ज,३०साउनःकाठमाडौंमा क्रिप्टो करेन्सीको धन्दा चलाउँदै आएका बाराका दुई जनासहित चार कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले उनीहरूको साथबाट १५ लाख ३३ हजार रकमपनि बरामद गरेको छ ।
पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका– ३ का २७ वर्षीय ओमप्रकाश जयसवाल र २५ वर्षीय मनमोहनकुमार सिंह, भारतको बिहार राज्यको सीतामढी जिल्लाको बैरगनियाका ३३ वर्षीय विक्रम जयसवाल र भारतकै बिहार प्रदेशको मोतिहारीको चिरैयाका ३३ वर्षीय मुन्ना जयसवाल रहेका छन्।
उनीहरूलाई काठमाडौंको कालोपुलस्थित डेराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनीहरूको मोबाइल नियन्त्रणमा लिदाँ थप ६ करोड ६ लाख ६३ हजार ६ सय ८७ रुपैयाँ बराबरको अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को कारोबार गरेको खुल्न आएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

