Madhes Khabar
समाचार

वीरगन्ज नाकाको मितेरी पुलबाट १३ बर्षिया भारतीय बालिकाको उद्धार, तीन जना पक्राउ

वीरगन्ज,६बैशाखः १३ बर्षिया भारतीय बालिकालाई ललाई फकाई नेपाल ल्याउने क्रममा वीरगन्ज–रक्सौल नाकाको मितेरी पुलबाट भारतीय एसएसबीले उद्धार गरेको छ भने त्यसमा संलग्न तीन भारतीयलाई पक्राउपनि गरेको छ ।

नेपाल–भारत सीमा क्षेत्रको मितेरी पुलबाट बुधबार एसएसबीको एन्टी ह्युमन ट्राफिकिंग युनिट (एएचटीयू)ले ती बालिकाको उद्धार गरेको हो । ती बालिकालाई प्रलोभनमा पारेर नेपाल ल्याउदैं गरेका तीन भारतीयलाईपनि नियन्त्रणमा लिइएको एसएसबीका इन्स्पेक्टर मनोज कुमार शर्माले जानकारी दिए ।उनका अनुसार, पक्राउ पर्नेमा भारतको बिहार राज्यको वैशालीका राजीव रोशन, राकेश रोशन र दिलीप कुमार रहेका छन् ।

ती तीनै जनाले भारतको तमिलनाडुबाट १३ बर्षिया बालिकालाई लिएर वीरगन्ज नाका हुदैं नेपाल प्रवेश गर्ने योजना बनाएका थिए । उक्त सूचना पाएको एसएसबीले रक्सौलबाट पैदल हिड्दै वीरगन्ज तर्फ आउँदै गरेका उनिहरुलाई मितेरी पुलमा रोकेर सोधपुछ गरेको थिए ।

सोधपुछका क्रममा ती बालिकालाई उनिहरुले बिहारको वैशाली जिल्लाबाट प्रलोभनमा पारेर ल्याएको खुलासा भएपछि बालिकालाई उद्धार गरि त्यसमा संलग्न तीनै जनालाई नियन्त्रणमा लिइएको इन्स्पेक्टर शर्माले बताए ।

शर्माका अनुसार, सोधपुछका क्रममा सुरुमा पक्राउ परेका युवकहरुले युवतीलाई विवाहको बहानामा तमिलनाडु लागेको बताएका थिए । त्यसपछि ती बालिकालाई दिल्ली लगेको खुलेको थियो । दिल्लीबाट नेपाल ल्याउन लागेको अवस्थामा ती बालिकाको उद्धार गरिएको इन्स्पेक्टर शर्माले बताए ।

शर्माका अनुसार, बालिकाको परिवारलाई फोनमा सम्पर्क गर्दा यसबारेमा उनिहरुलाई कुनै जानकारी थिएन।फोन सम्पर्कमा अभिभावकले आफनी छोरीलाई नेपाल जान नदिन आग्रहसमेत गरेको इन्स्पेक्टर शर्माले बताए । उद्धार गरिएकी बालिकालाई उनका अभिभावक बोलाएर जिम्मा लगाउने र पक्राउ परेकाहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको शर्माले बताए ।

Related posts

नेता पुर्वेमाथि आक्रमण गर्नेहरुलाई कारबाही गर्न राष्ट्रिय एकता अभियानको माग

MadhesKhabar

तीनकुने घटनाका मुख्यकमाण्डर दुर्गा प्रसाईंसहित ७ जना जेल चलान, ३२ जना धरौटीमा रिहा

MadhesKhabar

सम्भावित जोखिमलाई मध्यनजर गर्दै काम गर्न मन्त्री यादवकाे निर्देशन

MadhesKhabar

Leave a Comment