Madhes Khabar
समाचार

फेरि सर्‍यो पत्रकार महासंघको चुनाव

काठमाडौं,२८भदौंःनेपाल पत्रकार महासंघको निर्वाचन फेरि सरेको छ । केन्द्रीय साधारणसभा सम्पन्न भइसक्दा पनि मतदाता नामावलीमा भएको विवादका कारण महासंघको निर्वाचन हुन सकेको छैन ।

अध्यक्ष विपुल पोखरेलको राजीनामापछि उत्पन्न अन्योलका बीच महासंघले निर्वाचनको नयाँ मिति प्रस्ताव गरेको हो । कार्यवाहक अध्यक्ष रमेश विष्टले १२ असोजमा निर्वाचन गर्ने गरी नयाँ तालिका ल्याउन शुक्रबार निर्वाचन समितिलाई पत्राचार गरिएको बताए ।

‘पछिल्लो पटक मिति २०८१ असोज ५ गते तिनै तहको निर्वाचन सम्पन्न गर्ने मिति घोषणा भइसकेको अवस्थामा अध्यक्ष विपुल पोख्रेलले विभिन्न कारण देखाउँदै राजीनामा दिनु भएपछि असहज परिस्थिति उत्पन्न भएको छ । निर्वाचनको घोषित मितिमा सामान्य हेरफेर गरी निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यात्मक परिस्थिति सृजना भएको छ,’ कार्यवाहक अध्यक्ष विष्टले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेका छन् ।उनका अनुसार शुक्रबारै निर्वाचन समितिलाई मतदाता नामावली समेत हस्तान्तरण गरिएको छ ।साभार : कान्तिपुर

Related posts

वीरगन्ज उद्योग वाणिज्य संघद्वारा युवा पत्रकार आशु सर्राफ सम्मानित

MadhesKhabar

सूर्य नेपाल प्रालिको कर्मचारी भन्दै व्यपारीहरुलाई ठग्ने वीरगन्जका ३ जना पक्राउ

MadhesKhabar

बहुदरमाइ नगरपालिकाबाट २४० केजी गाजा बरामद

MadhesKhabar

Leave a Comment