Madhes Khabar
समाचार

बहुदरमाइ नगरपालिकाबाट २४० केजी गाजा बरामद

मधेसखबर

वीरगन्ज,२० साउन : पर्साको   बहुदरमाई नगरपालिका वडा नम्बर ७ छपकैयाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा  लागुऔषध गाजा बरामद गरेको छ ।

वीरगन्ज स्थित  सशस्त्र प्रहरीको १३ नम्बर गणबाट खटिएको टोलीले बहुदरमाई नगरपालिका ७ छपकैया स्थित बाल निकेतन इङ्ग्लिस बोर्डिङ स्कुलको पुरानो भवन पछाडिको झाडीमा लुकाएर राखिएको २ क्विन्टल ४० केजी गाजा बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले जानकारी दिए ।

बरामद गरिएको गाजा आवश्यक कारवाहीको  लागी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको बस्नेतले जानकारी दिए।

Related posts

मौसम विभागले भन्यो : एक साताभित्र देशभर मनसुन सक्रिय हुन्छ

MadhesKhabar

ठोरी गाउँपालिका वडा नं. १ र २ मा रमेश रिजालको घरदैलो अभियान सम्पन्न

MadhesKhabar

सिरिसिया गाँउमा सञ्चालित अवैध हतियार फैक्ट्रीमा छापा,भारी मात्रामा पेस्तोल–गोली बरामद

MadhesKhabar

Leave a Comment