Madhes Khabar
समाचार

पर्साको पटेर्वा सुगौलीमा पाटे बाघ मार्नेहरुको खोजी जारी

फाइल फोटो

वीरगन्ज, ५ असार : पर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर १ मलोलीटाँडीमा स्थानीयले पाटे बाघ मारेको घटना प्रकाशमा आएको छ ।सोमबार बेलुकी जंगलबाट गाँउमा छिरेको पाटेबाघलाई स्थानीय केहि व्याक्तिहरुले घेरामा पोर घरेलु हतियारबाट प्रहार गरि मारेको आशंकामा प्रहरी र वन कार्यालयले अनुसन्धान अगाढि बढाएको छ ।

सब डिभिजन वन कार्यालय रंगपुरका रेन्जर कपिलदेव यादवका अनुसार , जंगलबाट बाटो बिराएर एउटा पाटे बाघ सोमबार बेलुकी ६.३० बजेतिर गाँउमा छिरेको थियो । गाँउमा छिरेको उक्त बाघलाई ५÷६ व्याक्तिहरुले घेरामा पारेर बाँसको भाटा र लठ्ठीले हिर्काएर मारेका थिए । तर अध्याँरोमा भएको उक्त घटना बारे मंगलबार मात्र थापा पाएपछि वन कार्यालय र प्रहरीले उक्त मृत बाघलाई सब डिभिजन वन कार्यालय रंगपुर टाँडीको परिसरमा खाल्डो खनेर गाडेको यादवले जानकारी दिए ।

बाघ मार्ने घटनामा संलग्नहरुको पहिचान भईसकेकाले उनिहरुको खोजी कार्य जारी रहेको रेन्जर यादवले जानकारी दिए ।

फाइल फोटो

Related posts

वीरगन्जमा करिब २ करोड मूल्यको काजु,ज्वानोसहितको दुई वटा ट्रक प्रहरी नियन्त्रणमा

MadhesKhabar

भूकम्पको संवेदनशीलतालाई बुझेर संरचना बनाउनुपर्छ : खानेपानी मन्त्री यादव

MadhesKhabar

काे हुन् नयाँ प्रधानमन्त्री बन्न लागेकी सुशीला कार्की ?…..

MadhesKhabar

Leave a Comment