Madhes Khabar
समाचार

बाराको कचोर्वाबाट ठूलो परिमाणमा पटाका बरामद

फाइल तस्बिर ।

बारा,२८असोजःभारतको सीमासंग जोडिएको बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ कचोर्वा गाँउबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा पटाका बरामद गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट गोलागन्जबाट सशस्त्र प्रहरी निरीक्षक केशव शर्माको नेतृत्वमा खटिएको टोलीले कचोर्वास्थित अरुवा पुलबाट तीन बोरा पटाका बरामद गरेको हो ।

तस्करहरुले भारतबाट ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी टोलीले विभिन्न प्रकारका गरी करिब ३ लाख रुपैयाँ मूल्य बराबरको पटाका बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक शर्माले बताए । विशेष सुराकी पाएर खटिएको सशस्त्र प्रहरी टोली अरुवा पुल नजिक पुग्दा तस्करहरु पटाका फालेर फरार भएको उनले बताए ।

बरामद पटाका सिम्रौनगढ नगरपालिका–६ का वडाध्यक्ष नन्दकिशोर जयसवाल, सिम्रौनगढ उद्योग वाणिज्य संघका सदस्य राकिकिशोर सिंह लगायतको रोहबरमा खाल्डोमा पुरेर नष्ट गरिएको सशस्त्र प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।

 

Related posts

एन प्याब्सनले आयाेजना गरेकाे हाजिरी जवाफ प्रतियोगितामा सिद्धार्थ एकेडेमी प्रथम

MadhesKhabar

बाराबाट बोलबम तीर्थयात्री लिएर जाँदै गरेको बस बिहारमा दुर्घटना, ४५ घाइते, १० को अवस्था गम्भीर

MadhesKhabar

नुनथथरमा बाग्मति नदिले बगाएका दुइ भारतीय युवकको शव भेटियो

MadhesKhabar

Leave a Comment