बारा,९ भदौं : भारतको बिहारमा नेपाली तिर्थयात्रीहरु सवार बस दुर्घटना हुदाँ ४५ जना घाइते भएका छन् । बाराबाट बोलबम तिर्थयात्रीहरु लिएर भारतको झारखण्डको देवघर जाँदै गरेको ना ७ ख ६४४६ नम्बरको बस शनिबारराति बिहारको समस्तीपुर जिल्लामा दुर्घटना हुँदा ४५ घाइते भएका हुन् ।ती मध्ये १० जनाको अवस्था गम्भीर छ ।
उक्त बस दुर्घटनामा परी घाइते हुने सबै जना बाराको बारागढी गाँउपालिका वडा नम्बर ३ मुड्की बलिया गाँउको रहेको बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
उनका अनुसार, शनिबार मुड्की बलिया गाँउबाट बोलबम तिर्थयात्रीहरुलाई लिएर उक्त बस वीरगन्ज नाका हुदैं देवघरका लागि प्रस्थान गरेको थियो ।
समस्तीपुरको मुसरीघरारी चोकमा आइतबार एक मालवाहक ट्रकले उक्त बसलाई पछाडीबाट ठक्क्र दिदाँ बस अनियन्त्रित भई सडकमै पल्टिएको भारतीइ प्रहरीबाट जानकारी आएको बाराका प्रहरी नायब उपरीक्षक सापकोटालले बताए ।
घाइते हुनेहरुमा बसमा सवार गीता देवी, सीमा कुमारी, विश्वनाथ मुखिया, विना शोभा कुमारी, राजेश्वरी प्रसाद साह, मुस्कान साह, फेकन मुखिया, शिवकुमारी देवी, सियापति देवी, अमन प्रजापति, रामरती देवी, सुजीत कुमार राम, किशोर राम, नागेन्द्र राम, शोभा साह, सुखिया देवी, लक्ष्मी झा, रविन्द्र कुमार, रामेश्वर साह, सुबोध प्रसाद झा, लक्ष्मण मुखिया, सुमन मिश्रा, काजल कुमारी, उषा देवी लगायतका रहेका छन् ।
घाइतेहरुको समस्तीपुरस्थित सदर अस्पताल र मुसरीघरारीको निजी अस्पतालमा उपचार भइरहेको भारतीय
प्रहरीले जनाएको छ ।

