Madhes Khabar
शिक्षा हेडलाइन

ठाकुरराम क्याम्पसलाई व्यवस्थित बनाउन महानगर तयार छ : मेयर सिंह

वीरगन्ज, २४ साउन :वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले ठाकुरराम बहुमुखी क्याम्पसलाई यस क्षेत्रकै गौरबको रुपमा कायम राखिरहन सरोकारवाला सबै एक हुनु पर्ने बताएका छन् ।

बुधबार बिहान क्याम्पसले आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा मेयर सिंहले क्याम्पसको गौरवलाई यथावत राख्न पठन पाठनलाई स्तरीय बनाउन जरुरी रहेको पनि बताए ।

क्याम्पसको भौतिक संरचना मर्मत तथा निर्माणका लागि महानगर लगानी गर्न तयार रहेको भन्दै उनले त्यसका लागि क्याम्पस प्रशासनलाई आवश्यक योजना ल्याउन आग्रह गे।
‘महानगर लगानी गर्न तयार छ, तर त्यसको सदुपयोग हुनु पर्यो,’ उनले भने, ‘निर्माण गरिएका संरचना दुरुपयोग हुने, तोडफोड हुने जस्ता अराजनीतिक व्यवहार हुँदैन भन्ने ठोस प्रतिबद्धता ल्याउनुस् महानगर सँधै तयार छ ।’

कार्यक्रममा नवनियुक्त क्याम्पस प्रमुख रञ्जित प्रसाद यादवले आफूहरु क्याम्पसको शैक्षिक वातावरण चुस्त बनाउन लागिरहेको भन्दै त्यसका लागि महानगरको साथ अपरिहार्य रहेको बताए ।उनले क्याम्पसका सबै प्राध्यापकहरु एक जुट भएर यहाँको शैक्षिक वातावरण सुधार्न प्रतिबद्ध रहेको भन्दै त्यसका लागि यहाँ अध्ययन गर्ने विद्यार्थी एवं सबै राजनीतिक दल तथा सरोकारवालाहरुको सकारात्मक साथ खोजेको बताए ।

पूर्व क्याम्पस प्रमुख ललन द्विवेदीले ६० वर्ष भन्दा पुरानो विल्डिङमा अहिले क्याम्पस चलिरहेको भन्दै संरचना निर्माणमा केन्द्रबाट सहयोग हुने नदेखिएकाले महानगरको साथ खोज्नु परेकाे बताए । उनले भने, ‘वीरगन्जलाई नै सफा सुन्दर बनाउने अभियानमा मेयर हिँडिरहनु भएकाले वीरगन्जकै अधिकांश विद्यार्थीले अध्ययन गर्ने थलो र यहाँले नै पहिले अध्ययन गर्नुभएको धरोहरलाई विशेष ध्यान दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।’

कार्यक्रममा सहायक क्याम्पस प्रमुख, अनिल रमण, बिनोद प्रसाद साह, गीता श्रेष्ठ, प्रध्यापक संघका डा.प्रमोद कुमार कुशवाहा, कर्मचारी संघका किशोरी चौधरी लगायतको सहभागिता रहेको थियो

Related posts

वीरगन्ज भन्सारको सुक्खा बन्दरगाह परिसरमा १८५ मालवाहक कन्टेनर ६ वर्षदेखि अलपत्र

MadhesKhabar

प्रधानमन्त्रीलाई सांसद यादवको प्रश्न : के सरकारले मधेसलाई मरुभूमी बनाउन खोजेको हो ?

MadhesKhabar

सिमलताल दुर्घटनाका थप २ यात्रुको शव बिहारको बगाहामा भेटियो

MadhesKhabar

Leave a Comment