Madhes Khabar
समाचार हेडलाइन

फरार अभियुक्तसँग घुस लिएको आरोपमा पटेर्वा सुगौलीका इन्स्पेक्टरसहित ३ प्रहरी जिल्लामा तानिए

वीरगन्ज,१८ असोजःलागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार रुपैयाँ घुस लिएको आरोपमा पर्साको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक(इन्स्पेक्टर)सहित तीन जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय पर्सामा तानिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार लागुऔषध मुद्दाका फरार अभियुक्त बाबु–छोरालाई पक्राउ गरेपछि उनीहरूसँग १० हजार रुपैयाँ लिएर छाडेको सूचना पाएपछि अनुसन्धान सुरु गरिएको थियो ।

अनुसन्धानका क्रममा प्रहरी हवल्दार र प्रहरी जवानले मात्र नभई इन्स्पेक्टरको समेत मिलेमतोमा रकम लिएको देखिएपछि तीनै जनालाई कार्यक्षेत्रबाट फिर्ता बोलाएर थप अनुसन्धान अघि बढाइएको पर्साका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले बताए ।उनका अनुसार घुसबापत लिएको रकमसमेत फेला परेको छ ।

घटनामा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीकाइन्स्पेक्टर समुन्नत अधिकारी, प्रहरी हवल्दार दीपक राउत र प्रहरी जवान पपु पण्डितलाई जिल्ला प्रहरी कार्यालय पर्सामा झिकाइएको हो ।

घटनाको विस्तृत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको छ ।समितिले अहिले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।अनुसन्धान पूरा भएपछि समितिले तयार पार्ने प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा पठाइनेछ ।

त्यसपछि इन्सपेक्टर अधिकारीसहित तीनै जना प्रहरीमाथि थप कारबाहीका लागि प्रहरी प्रधान कार्यालयमा पठाउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Related posts

पार्टी फुटेपछि वीरगन्जमा पहिलो पटक जसपाको भेला :पूर्व विधायक,मेयर सहित ७ वडाध्यक्ष सहभागी

MadhesKhabar

मृत्युपछि आँखा दान गर्नका लागि प्रेरित गर्ने उदेश्यका साथ वीरगन्जमा `जनजागृत अभियान´ सञ्चालन

MadhesKhabar

पर्सामा नेपाल ब्युटिसियन सङ्घको २२ औं स्थापना दिवस र तीजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

MadhesKhabar

Leave a Comment