
वीरगन्ज,२६ बैशाख :जनता समाजवादी पार्टी (जसपा) नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको जनता समाजवादी पार्टी (जसपा) को वीरगन्जमा अगुवा कार्यकर्ता भेला बुधबार सम्पन्न भएको छ ।
जसपाका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री मोहनलाल चौधरीको अध्यक्षता तथा केन्द्रि सदस्य एंव वीरगन्ज महानगरका मेयर राजेशमान सिंहको विशेष उपस्थितीमा जिल्ला समन्वय समितिको सभाकक्षमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो ।
अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य समेत रहेका वीरगन्जका मेयर राजेशमान सिंहले उपेन्द्र यादवको जसपा नेपाल भन्दा आफुहरुको पार्टी हरेक जिल्लामा शक्तिशाली र सबल रहने बताए ।त्यसका लागि संगठन निर्माणमा आजैदेखि सशक्त भएर लाग्न नेताकार्यकर्ताहरुलाई उनले निर्देशनपनि दिए ।
जसपा नेपाललाई उपेन्द्र यादवले पार्टीलाई एउटा प्राइभेट कम्पनि लिमिटेडेका रुपमा चलाएकोले आँफुहरुले त्यसको विद्रोह गरेर नयाँ दल बनाएको मेयर सिंहले बताए । उपेन्द्र यादवले रकम लिएर मन्त्री बनाउने, प्रदेश सरकारका मन्त्रालयका योजनाहरु पहिल्यै कमीशन लिएर पालिकाहरुलाई वितरण गर्ने , जिल्लामा पार्टीभित्र कुनै विवाद हुदाँ समाधानको सट्टा आँफुले नै गुटउपगुट बनाएर हिड्ने जस्ता अराजकता मच्चाएको आरोपनि उनले लगाए ।
नयाँ दल जसपालाई अब नयाँ शीराबाट अगाडि बढाउने भन्दै उनले यो दलमा सबै तहका नेताकार्यकर्ताको समान मूल्यांकन गरिने भएकाले आँफुहरुको दलमा आबद्ध हुन उनले आह्वानपनि गरे ।
जसपाका युवा नेता इश्वरचन्द्र यादवले स्वागत मन्तव्य व्यक्त गरेको उक्त मेलामा जिल्ला समन्वय समिति पर्साका सभापति अजय सर्राफ, पूर्व प्रदेशसभा सदस्यहरु जन्नत अन्सारीर भीमा यादव ,बहुदरमाई नगरपालिकाका मेयर सिंघासन साह तेली , वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार , वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानु, वडा नम्बर १५ का वडाध्यक्ष रमेश यादव, वडा नम्बर १८ का वडाध्यक्ष उमाशंकर तिवारी , वडा नम्बर २९ का धर्मेन्द्र चौधरी, वडा नम्बर ३० का वडाध्यक्ष मनोज यादव, वडा नम्बर ३२ का वडाध्यक्ष रियाज अहमद,वीरगन्ज महानगरपालिकाको कार्यपालिका सदस्यहरु खैरुदिन मियाँ , रबुल्सन खातुन र कलावती देवी, पर्सागढी नगरपालिकाका कार्यपालिका सदस्य असलम आलमका साथै जसपाका नेता कार्यकर्ताहरुकोपनि सहभागिता रहेको जसपाका नेता उमेशलाल सहनीले जानकारी दिए ।

