Madhes Khabar
स्थानिय स्वास्थ्य हेडलाइन

वीरगन्ज :लजको कोठाभित्र एउटै पंखामा झुण्डिएको अवस्थामा भारतीय दम्पतिको शव फेला

वीरगन्ज,८ चैत : वीरगन्जको एक लजको कोठाबाट एक भारतीय दम्पति मृत अवस्थामा फेला परेका छन् ।वीरगन्जको नयाँँ बसपार्कको भानु चोक नजिकको नवदुर्गा लजको कोठाभित्र एउटै सीलीङ् फयान (पंखा)मा दुवै जना पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

भारतको पश्चिम बंगाल प्रान्तको कोलकत्ताका अन्दाजी ३४ वर्षीय बपन पत्रामा र उनकी पत्नि –नाम नुखलेको ) अन्दाजी ३०÷३२ वर्षकी महिला एउटै पंखामा पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

होटल सञ्चालले दिएको जानकारी अनुसार, ती दुवै जना चैत ४ गते बिहान लजमा बास बस्न आएका थिए । त्यहि दिन लजको कोठाबाट उनिहरु संगै बाहिर निस्किएर बजार घुमेर फेरि लजमै फर्किएका थिए ।

आइतबार बिहान अबेरसम्म पनि उनिहरुमध्ये कोहिपनि कोठाबाट नस्किएपछि लजका कर्मचारीले कोठाको ढोकामा पुगेर ढक्ढक्याउँदापनि भित्रबाट कोठा नखुलेपछि लजका सञ्चालकले बिहान ११ बजेतिर प्रहरीकोमा खबर गरेका थिए । त्यसपछि लजमा पुगेको प्रहरीले भित्रबाट चुकुल लगाइएको ढोका फोडेर पस्दा ती दुवै जना एउटै पंखामा पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।

लजमा बास बस्न आएको दिन उनिहरुले कलकताका बपन पत्रमाको नाममा लजको रजिष्टरमा नाम इन्ट्री गराएको देखिएको भन्दै बस्नेतले भने,‘ मृतक महिलाको नाम रजिष्टरमा इन्ट्री छैन । त्यसका कारण उनको पहिचान खुल्न सकेको छैन ।’

उनिहरु कुन कारण किन वीरगन्ज आएको यसबारेमा पनि खुल्न नसकेको उनले बताए । मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको बस्नेतले जानकारी दिए ।घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको भन्दै प्रहरी नायब उपरीक्षक बस्नेतले भने,‘ लज सञ्चालक र त्यहाँका अन्य कर्मचारीलाई बोलाएर सोधपुछ गरिरहेका छौं ।’

 

Related posts

बारामा १५ लाख मुल्य बराबरकाे माेबाइलसहित एक तस्कर पक्राउ

MadhesKhabar

कलिकामाई गाँउपालिकाकाे बेथिति : एक वर्षमै थपियाे ४ करोड बेरुजू

MadhesKhabar

वीरगन्जमा दसैंका लागि मात्र लगाइयाे सस्तो बजार

MadhesKhabar

Leave a Comment