Madhes Khabar
स्वास्थ्य हेडलाइन

नारायणी अस्पतालमा कुरुवासंग प्रहरीको दुर्व्यवहार,अस्पतालमा पुगेर मेयर सिंहले लिए एक्शन

वीरगन्ज,२०साउन: वीरगन्जकाे नारायणी अस्पतालमा उपचाररत एक बालकका कुरुवामाथि अस्पतालकै प्रहरी बिटमा खटिएका प्रहरी सहायक हवल्दार परमानन्दद कपाजीले दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि मेयर राजेशमान सिंह आँफै अस्पतालमा पुगेर त्यसबारेमा जानकारी लिएका छन्।

मंगलबार अस्पतालकाे दाेस्राे तल्लाकाे गल्लीमा बसेर खाना खाइरहेका बिरामी बालकका अभिभावकहरुलाई प्रहरी सहायक हवलदार कपाजीले दुर्व्यवहार गरेकाे घटनाकाे भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियाे।

उक्त घटनापछि वीरगन्ज महानगरका मेयर सिंह आफैँ मंगलबार बेलुकी अस्पताल पुगेर घटनाबारे चासो लिएका हुन्। उनले अस्पतालमा शल्यक्रिया गराएर भर्ना रहेका बालक र दुर्ववहारमा परेका उनका आमाबुवासँग भेट गरेर सान्त्वना दिँदै दोषी प्रहरीमाथि कडाभन्दा कडा कारबाही हुने आश्वासन दिए।

मेयर सिंहले घटनालाई गम्भीरतापूर्वक लिएर अस्पताल प्रशासन तथा पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रलाई फोनमार्फत सम्पर्क गरी तत्काल सत्यतथ्य बुझ्न र दोषी प्रहरीमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाउन आग्रहसमेत गरे।

मेयर सिंहको पहल लगत्तै प्रहरी उपरीक्षक मिश्रले घटनामा संलग्न रहेका प्रहरी सहायक हवल्दार कपाजीलाई तुरुन्तै अस्पतालबाट जिल्ला प्रहरी कार्यालयमा तानिएको र अनुशासनको कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।

Related posts

निजी विधालयका ८३ जना विधार्थीको उत्तरपुस्तिका महानगरले नियन्त्रणमा लियो

MadhesKhabar

घडिअर्वाको रामजानकी मन्दिर पूजारीको कब्जाबाट मुक्त गराउन वडा कार्यालयले बोलायो `सार्वजनिक भेला´

MadhesKhabar

वीरगन्ज भन्सार कार्यालयको राजश्व संकलन बढ्यो, ७ महिनामा ९४ अर्ब ५२ करोड संकलन

MadhesKhabar

Leave a Comment