Madhes Khabar
समाचार

नुनथथरमा बाग्मति नदिले बगाएका दुइ भारतीय युवकको शव भेटियो

मधेसखबर
वीरगन्ज,१९असार : रौतहटको नुनथर स्थित वागमती नदीमा शनिवार डुवेर वेपत्ता भएका दुई भारतीय युवकको शव आईतवार दिउसो फेला परेको छ ।

 

चन्द्रपुर नगरपालिका वडा नम्बर १ पौराईको नुनथरमा शनिबार घुम्न आएका बेला बाग्मती नदिमा नुहाउने क्रममा भेलले बगाएर बेपत्ता भएका दुइ भारतीय युवकको शव आइतबार घटनास्थलबाट १५ किलोमिटर दक्षिणमा परेको हो ।

भारत बिहारको सीतामढी स्थितत कोट बजारबाट विआर ०१ एचएफ ६६१९ नम्वरको निजी सवारी साधनबाट घुम्न आएका २४ बर्षिय मयंक अग्रवाल र २१ बर्षिय रितेस साह (गोलुकुमार) पौडि खेल्ने वेलामा पानीको भेलले बगाउदा बेपत्ता भएका थिए ।

दुवै भारतीय युवक नदिमा वेपत्ता भएको सुचना पाउना साथ शनिबार देखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलले नदिमा खोजी कार्य शुरु गरेको थियो । त्यही क्रममा आइतबार अपरान्ह ३ बजे तिर वृन्दावन नगरपालिका वडा नम्वर १ बलेरी खोर जंगल नजिक दुवै युवकको शव फेला परेको हो ।

दुवै युवकको शव पोष्ट मार्टमका लागि गौर स्थित प्रादेशिक अस्पतालमा राखिएको सशस्त्र प्रहरी उपरिक्षक ध्रुव कार्कीले जानकारी दिए ।

Related posts

सामुदायिक सेवा केन्द्र मिनाबाजार द्वारा गहवा मन्दिर परिसर सरसफाई ।

MadhesKhabar

विद्युत प्राधिकरणका कारण बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भयो : मन्त्री यादव

MadhesKhabar

वीरगन्ज १७ को वडाअध्यक्षमा एमालेका छत्कुली विजयी

MadhesKhabar

Leave a Comment