Madhes Khabar
समाचार

नुनथथरमा बाग्मति नदिले बगाएका दुइ भारतीय युवकको शव भेटियो

मधेसखबर
वीरगन्ज,१९असार : रौतहटको नुनथर स्थित वागमती नदीमा शनिवार डुवेर वेपत्ता भएका दुई भारतीय युवकको शव आईतवार दिउसो फेला परेको छ ।

 

चन्द्रपुर नगरपालिका वडा नम्बर १ पौराईको नुनथरमा शनिबार घुम्न आएका बेला बाग्मती नदिमा नुहाउने क्रममा भेलले बगाएर बेपत्ता भएका दुइ भारतीय युवकको शव आइतबार घटनास्थलबाट १५ किलोमिटर दक्षिणमा परेको हो ।

भारत बिहारको सीतामढी स्थितत कोट बजारबाट विआर ०१ एचएफ ६६१९ नम्वरको निजी सवारी साधनबाट घुम्न आएका २४ बर्षिय मयंक अग्रवाल र २१ बर्षिय रितेस साह (गोलुकुमार) पौडि खेल्ने वेलामा पानीको भेलले बगाउदा बेपत्ता भएका थिए ।

दुवै भारतीय युवक नदिमा वेपत्ता भएको सुचना पाउना साथ शनिबार देखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलले नदिमा खोजी कार्य शुरु गरेको थियो । त्यही क्रममा आइतबार अपरान्ह ३ बजे तिर वृन्दावन नगरपालिका वडा नम्वर १ बलेरी खोर जंगल नजिक दुवै युवकको शव फेला परेको हो ।

दुवै युवकको शव पोष्ट मार्टमका लागि गौर स्थित प्रादेशिक अस्पतालमा राखिएको सशस्त्र प्रहरी उपरिक्षक ध्रुव कार्कीले जानकारी दिए ।

Related posts

नयाँ पाइपलाईन बिच्छाइएका ठाउँमा चाडै मेलम्चीको पानी वितरण गर्छौःमन्त्री यादव

MadhesKhabar

राष्ट्रिय फोटो पत्रकारिता अवार्डमा वीरगन्जका राम सर्राफ पनि सम्मानित हुने

MadhesKhabar

ठोरीमा भालुको आक्रमणबाट एक व्यक्ति गम्भीर घाइते

MadhesKhabar

Leave a Comment